सप्तरीमा प्रहरी इन्काउन्टरमा १ जनाको मृत्यु

केही दिन अगाडी सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्त यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

काठमाडौं । सप्तरीमा प्रहरीको इन्काउन्टरबाट एक जनाको मृत्यु भएको छ । केही दिन अगाडी सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

प्रहरीले उनलाइ नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । जवाफी कारबाहीमा जैसवालको मृत्यु भएको २ नम्वर प्रहरी प्रमुख डिआइजी हरि पालले जानकारी दिए ।

प्रहरी इन्काउटरमा मारिएका जैसवाल प्रहरीको खोजी सुचीमा थिए । उनले २०७४ सालमा सप्तरीको कटरबनामा इलाका प्रहरीको कार्यालयको गाडीमा एम्वुस थापेर विस्फोट गराएको आरोप थियो ।

त्यस्तैगरी २०७२ मा सप्तरीमा नेपाल प्रहरीका असइ रमेश शुव्वालाई गोली हानेर हत्या भएको थियो । उक्त घटनामा पनि जैसवालकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।