क्यान इन्फोटेकको २४औं संस्करण भृकुटीमण्डपमा सुरु (फोटो फिचरसहित)

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको इन्फोटेकमा १ सय ५५ भन्दा बढी आईटीसम्बद्ध कम्पनीहरुको सहभागिता छ । इन्फोटेकमा विभिन्न कम्पनीले नयाँ र आकर्षक प्रडक्ट प्रदर्शनमा राखेका छन् ।

भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुबिसु क्यान इन्फोटकको २४औं संस्करण सुरु भएको छ । बिहीबार सुरु भएको इन्फोटेक १६ गतेसम्म सञ्चालन हुनेछ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको इन्फोटेकमा १ सय ५५ भन्दा बढी आईटीसम्बद्ध कम्पनीहरुको सहभागिता छ । इन्फोटेकमा विभिन्न कम्पनीले नयाँ र आकर्षक प्रडक्ट प्रदर्शनमा राखेका छन् ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ग्रामीण तथा दुर्गम क्षेत्रका सामुुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई विकास तथा प्रवद्र्धन गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्ट, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बरा झा, क्यान महासंघका वर्तमान निवर्तमान अध्यक्ष विनोद ढकाल, अध्यक्ष हेमन्त चौरसियालगायत आईसीटी क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।

इन्फोटेकमा कतिपय कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गर्ने जानकारी दिएका छन् । मोटोरोला, टिपी लिङ्क, नेटिस, डिजिकम लगायतले नयाँ प्रडक्ट सार्वजनिक गरिरहेका छन् । इन्फोटेकमा सहभागी सबैजसो कम्पनीले आफ्ना प्रडक्टमा विभिन्न छुटलगायत अफर सार्वजनिक गरेका छन् । कम्प्युटर, राउटर, एन्टिभाइरस, प्रिन्ट, स्मार्टफोन आदि सामग्री अवलोकनकर्ताको मुख्य आकर्षणमा परेका छन् ।