रविन्द्रको भाग्यमा लेखेको रहेछ, एक वर्ष शिक्षक, एक वर्ष मन्त्री

एनसेलको पुँजीगत लाभकर प्रकरण र वाईडबडी जहाज खरिद प्रकरणमा मन्त्री अधिकारीको जर्वजस्त नाम जोडेर हेर्ने गरिन्छ ।

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारी अब हामीबीच छैनन् । २०७५ फागुन १५ गने (आज) ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको एअर डाईनेस्टी हेलिकप्टर दुर्घट्नामा उनको निधन भएको छ । २०२६ बैशाख २२ गते आईतबार कास्कीको जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र बुबा इन्द्रप्रसाद अधिकारीका जेठा छोराको रुपमा जन्मिएका उनी मुलुकको एउटा आशा गरिएको मन्त्रीको हैसियतमा यो संसारबाट बिदा भए ।

शान्ति पंधेरा गैरागाऊस्थित ब्रह्म ज्योति प्राथमिक बिद्यालयबाट प्राथमिक शिक्षा लिएका उनले बरपाण्डेथुमस्थित शान्ति उदय माध्यमिक बिद्यालय (हालको उच्च माबि)बाट माध्यामिक शिक्षा हासिल गरेका थिए । सानै उमेरदेखि राजनीतिमा चासो राख्ने उनी पढ्दा बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुँदै बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका माध्यमबाट राजनितिक जागरण सृजना गर्न लागिरहे । आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम उनको विद्यार्थी जीवनको उल्लेख्य कामभित्र पर्छ ।

राजनीतिमा सक्रिय भएकै कारण उनले बन बिज्ञान अध्ययन संस्थानमा भर्ना गरेर पनि केही समय पछि २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका थिए । त्यसपछि सुरु भयो राजनीतिक यात्रा । २०४४ मा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भएका अधिकारी २०४५ मै स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य र अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष बन्न सफल भए ।

उनले २०४५ मै वर्ष १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापनसमेत गरे । यद्यपी राजनीतिक सफलतासँगै उनले अध्यापनलाई बेलाबेलामा विभिन्न माध्यमबाट अगाडी बढाउँदै आएका थिए । २०४६ को जनआन्दोलनमा स्व.अधिकारीले पटक–पटक गरी छ महीना जेल जीवन विताए ।
२०४७ मा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य बनेका उनले २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियु सभापति भएभने २०५३ मा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा पनि स्वबियु सभापति निर्वाचित मात्र भएनन् स्वबियु काउन्सिल नेपालको संयोजकसमेत निर्वाचित भए । उनको राजनीतिक यात्रा यत्तिमै रोकिएन । २०५६ मा अनेरास्वबियुको केन्द्रीय अध्यक्ष बन्न सफल भए ।
त्रिभुवन बिश्वविद्यालयबाट ब्यबस्थापनमा स्नातकोत्तर उनको ‘संबिधानसभा लोकतन्त्र र पुनर्संरचना’ तथा ‘समृद्ध नेपाल’ नामक दुई पुस्तक प्रकाशित छन् भने राजनीति तथा बिकाससँग सम्वन्धित सयौं लेखहरु प्रकाशित छन् । स्व.अधिकारीका बाबु शिक्षक भएकाले उनको पठनपाठन भने राम्रै गरि अघि बढेको थियो ।

उनी एसियाली बिद्यार्थी संगठन (एएसए), बिश्व प्रजातान्त्रिक युबा संघलगायतका अन्तराष्ट्रीय युबा बिद्यार्थी संगठनमा पनि संलग्न भएर राजनीतिक मोर्चालाई अघि बढाएका थिए । बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्ने अभियन्ताका रुपमा परिचित अधिकारीकै पहलमा अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरी लाई बरिष्ठ प्राध्यापकको उपाधि दिने काम भएको थियो ।

खासगरि पछिल्लो पटक शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन छेड्दै हत्यारा बस्ने दरबारमा हैन जेलखानमा हो भन्दै ५ लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने कामको अगुवाई उनैले लिएका थिए । त्यसैगरि यातायातलगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई पनि उनैले गरेका थिए ।

उनी एकातिर विद्यार्थी राजनीतिमा सक्रिय थिए भने अर्कोतिर पार्टीको संठित राजनीतिमा पनि उत्तिकै सक्रिय भए । २०३९ मा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भएका उनी २०४० मा इलाका पार्टी कमिटीमा बसेर काम गरे । तर, संगठित सदस्यता भने २०४५ मात्र पाएका थिए । २०४६÷४७ मा पोखरा नगर कमिटी, २०४८ मा पार्टी जिल्ला कमिटी सक्रिय भएका उनी २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब हुँदै दुई कार्यकाल बिताए ।

२०६४ र २०७० मा भएको संविधानसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित उनले पछिल्लो पटक सार्बजनिक लेखा समितिको सभापति भएर पनि काम गरे । सार्वजनिक लेखा समिति सभापति भएका बेला बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल भएका अधिकारीलाई एनसेल कर प्रकरणमा भने गल्ति गरेको भनेर बेलाबेला आलोचनासमेत हुने गरेको छ । २०७४ को संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका उनी संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीका रुपमा क्रियासिल भएकै बेला मृत्युवरण गरेका छन् ।

पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने उद्देश्य बोकेर हिँडेका स्व.अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल, चक्रपथ, काठमाडौं पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमान्डू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्गजस्ता पुर्बाधार निर्माणका लागी दबाब सिजना गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । दुई दर्जन मुलुकको अध्ययन भ्रमण गरेको अधिकारीले मुलुकलाई नयाँ स्वरुपमा लैजान पर्यटनमन्त्रीकै हैसियतले पछिल्लो एक वर्षमा सुधारका धेरै प्रयास गरेका थिए ।

त्रिभवन बिमानस्थललाई दिनको २२ घन्टा सञ्चालन गर्नेदेखि मुलुकका आधा दर्जन बिमानस्थलमा रात्री सेवा सुचारु गर्ने काममा उनको भुमिका प्रसशनीय छ । यद्यपी बाईडबडी जहाज खरिद प्रकरणमा भने उनको पनि संलग्नता छ भनेर यदाकदा प्रश्न उठेको गरेको छ । तर, वाईडबडी जहाज खरिद प्रक्रिया उनी मन्त्री बन्न अगावै सुरु भईसकेको थियो ।