देशैभर प्रहरी हाईअलर्टमा, प्रहरी भन्छ: बिप्लवको बन्दले प्रभाव पार्दैन

प्रहरी प्रधान कार्यालयले देशभरीका जिल्ला प्रहरी कार्यालयलाई स्थानीय सुरक्षा अवस्थालाई हेरेर कदम चाल्न समेत निर्देशन दिइएको छ । जिल्लामा एकिकृत सुरक्षा प्रणाली लागु गरिएको समेत उनले बताए । त्यसैगरी सुचना संकलनका लागि देशैभर ब्यापक सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं । सरकारले आफनो पार्टीलाई अपराधिक समुह घोषणा र देशैभर नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा नेकपा बिप्लव समुहले गर्ने बन्दलाई लक्षित गर्दै प्रहरीलाई हाई अलर्टमा राखिएको छ ।

बिप्लव समुहले आहान गरेको बन्दलाई लक्षित गर्दै देशैभरको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । देशभरका प्रहरी कार्यलयलाई हाइअलर्टमा राखिएको छ, नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले क्यापीटल नेपालसँग भने, ‘बिप्लव समुहको बन्दले कुनै असर गर्दैन सुरक्षा ब्यवस्थालाई मजबुद पारेका र्छौ ढुक्कले आफ्नो काम गरे हुन्छ’।

प्रहरीले हिजो मंगलबारसम्म घटना क्रमलाई लिएर पक्राउ गरथ्यो र उसका गतिविधिलाई निगरानी गर्दै आएको थियो, प्रवक्ता सुवेदीले भने, अब बिप्लव समुहका कार्यक्रता खोजी थालिएको छ,जहाँ भेटियो त्यही पक्राउ पर्छन् ।

उनका अनुसार प्रहरी प्रधान कार्यालयले देशभरीका जिल्ला प्रहरी कार्यालयलाई स्थानीय सुरक्षा अवस्थालाई हेरेर कदम चाल्न समेत निर्देशन दिइएको छ । जिल्लामा एकिकृत सुरक्षा प्रणाली लागु गरिएको समेत उनले बताए । त्यसैगरी सुचना संकलनका लागि देशैभर ब्यापक सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

बिप्लप समुहको निसानामा रहेका उद्योग कलकारखाना र विभिन्न ब्यक्तिको सुरक्षामा ध्यान दिइएको छ । बन्द भनेर कोही आफ्ना काम छाड्ने हैन, राज्यले बिप्लव समुहको गतिविधिमा प्रतिबन्ध लगाएको छ, उसले गरेको बन्दको कुनै अर्थ छैन प्रवक्ता सुवेदीले स्पष्ट पारे । उनका अनुसार प्रहरीले बिप्लव समुह सक्रिय रहेको क्षेत्रलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा ब्यवस्था मिलाएको छ ।

बिप्लव समुहका सबै नेता कार्यक्रता भुमिगत

सरकारले सम्पुर्ण गतिविधिमा प्रतिबन्ध लगाएको घोषणासँगै बिप्लव नेता तथा कार्यक्रताहरु भुमिगत भएका छन् । यसअघि शिर्ष नेताहरु बाहेक तल्लो तहका नेताहरु खुलेआम हिडडुल गर्दै आएको थिए, तर मंगलबार सरकारको निणर्यपछि उनीहरु सबै भुमिगत भएको प्रहरीले जनाएको छ ।

बिप्लवको गढमा प्रहरी अप्रेशन

बिप्लव समुहको गढ रहेको पहाडी जिल्लाहरुमा बुधबार बिहानैबाट प्रहरीले सर्च अप्रेशन सुरु गरेको छ । प्रहरीले कालीकोट, जुम्ला, रोल्पा रुकुम लगाएतका जिल्लाहरुमा अप्रेशन चलाएको छ । प्रहरीले फागुन १० गते यता मात्र बिप्लव समुहका ७० बढी नेता कार्यक्रता पक्राउ गरेको छ ।

फागुन १० गते ललितपुरको नख्खुमा एक जनाको ज्यान जानेगरी मोवाइल सेवा प्रदायक एनसेल टावरमा बिप्लव समुहले बम बिष्फोट गराएको थियो ।  त्यसयता प्रहरीले उपत्यका र देशका विभिन्न स्थानबाट गरी ७० बढी नेता कार्यक्रता पक्राउ गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।