इँटाकै भर (फोटो फिचरसहित)

इँटाभट्टामा करिब ४० जनाले रोजगारी पाएका छन् । एकजनाले दिनमा करिब बाह्र सय गोटा काँचो उत्पादन गर्ने इँटा भट्टामा काम गर्दै आएका प्रदीप घतानीले बताए ।

ललितपुर चुनिखेलमा भैरव इँटा भट्टा सञ्चालनमा छ । यहाँ पुग्दा सधैं एकै किसिमको दृश्य देख्न सकिन्छ । त्यो हो, इँटा बनाइरहेका कामदार, भट्टाबाट धूवाँको मुस्लो निस्किरहेको र इँटा ओसारिरहेका टिपर/ट्रकहरु । यो इँटाभट्टामा करिब ४० जनाले रोजगारी पाएका छन् । एकजनाले दिनमा करिब बाह्र सय गोटा काँचो उत्पादन गर्ने इँटा भट्टामा काम गर्दै आएका प्रदीप घतानीले बताए । आफूजस्ता धेरैले इँटाभट्टाबाट जीवन निर्वाह गरिरहेको उनको भनाइ छ । क्यापिटलकी फोटोग्राफर निशा भण्डारीले उद्योगमा पुगेर कैद गरेका तस्बिर :