यसरी हुँदै छ, क्लिङ्करमा नेपाल आत्मनिर्भर, ६ महिना पनि नलाग्ने

सङ्घले गरेको अध्ययन अनुसार होङ्सी सिमेन्टले दैनिक ६ हजार टन क्लिङकर उत्पादन गर्दै छ । त्यसैगरी, अर्घाखाँची सिमेन्टले आगामी एक महिनाभित्र एक हजार ८ सय टन क्लिङ्कर उत्पादन गर्दैै छ । सर्वोत्तम सिमेन्टले पनि एक हजार ४ सय टन क्लिङ्कर उत्पादन गरेर बजारमा ल्याउने छ । रिद्धिसिद्धि सिमेन्टबाट दुई हजार दुई टन क्लिङ्कर उत्पादन हुँदै छ । अहिले वार्षिक रुपमा २३ लाख क्लिङ्कर मात्रै आयात भइरहेको हो । चारओटा उद्योगले वार्षिक ४१ लाख ४ हजार टन क्लिङ्कर उत्पादन गर्दै छन् । यसो हुँदा हालको आयातभन्दा नेपालमै उत्पादन दोब्बर हुन्छ ।

आगामी ६ महिनाभित्र नेपाल क्लिङ्करमा पूर्ण रुपमा आत्मनिर्भर हुने एक अध्ययनले देखाएको छ । नेपालमा गत आर्थिक वर्षमा विदेशबाट २३ लाख टल क्लिङ्कर आयात भएको थियो । तर, अबको ६ महिनाभित्र नेपालमा विदेशबाट क्लिङ्कर आयात रोकिने सिमेन्ट उत्पादक सङ्घले गरेको अध्ययनले देखाएको छ ।

सङ्घका अनुसार पहिलो फेज (आगामी ६ महिनाभित्र आफ्नो क्षमता विस्तार गरी सञ्चालनमा आउने सिमेन्ट उद्योग)अन्तर्गत चार उद्योगले उत्पादन बजारमा ल्याउँदा हाल आइरहेको भन्दा बढी क्लिङ्कर नेपालमै उत्पादन हुन्छ । विदेशबाट आयातित क्लिङ्करको तुलनामा स्वदेशी उत्पादन सस्तो हुनेबित्तिकै आयात रोकिने अध्ययनले देखाएको छ ।

नेपालमा हाल २३ लाख टन क्लिङ्कर विदेशबाट आइरहेको सङ्घका अध्यक्ष ध्रव थापाले बताए । ‘त्यति परिणाम आयात प्रतिस्थापन गर्न निकट भविष्यमै सञ्चालनमा उद्योगबाट सम्भव हुन्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘अबको ६ महिनाभित्र नेपालमा क्लिङ्कर आयात पूर्ण रुपमा बन्द हुन्छ ।’

सङ्घले गरेको अध्ययन अनुसार होङ्सी सिमेन्टले दैनिक ६ हजार टन क्लिङकर उत्पादन गर्दै छ । त्यसैगरी, अर्घाखाँची सिमेन्टले आगामी एक महिनाभित्र एक हजार ८ सय टन क्लिङ्कर उत्पादन गर्दैै छ । सर्वोत्तम सिमेन्टले पनि एक हजार ४ सय टन क्लिङ्कर उत्पादन गरेर बजारमा ल्याउने छ । रिद्धिसिद्धि सिमेन्टबाट दुई हजार दुई टन क्लिङ्कर उत्पादन हुँदै छ । अहिले वार्षिक रुपमा २३ लाख क्लिङ्कर मात्रै आयात भइरहेको हो । चारओटा उद्योगले वार्षिक ४१ लाख ४ हजार टन क्लिङ्कर उत्पादन गर्दै छन् । यसो हुँदा हालको आयातभन्दा नेपालमै उत्पादन दोब्बर हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा अर्घाखाँची सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पशुपति मुरारकाले देशलाई क्लिङ्कर आयात प्रतिस्थापन गर्न कुनै अप्ठ्यारो नरहेको बताए । ‘आगामी ६ महिनाभित्र देशभित्र चाहिनेभन्दा दोब्बर क्लिङ्कर उत्पादन हुन्छ,’ उनले भने, ‘भनेपछि यो आर्थिक वर्षको अन्त्यसम्म विदेशबाट क्लिङ्कर आयात रोकिन्छ ।’

सङ्घका अनुसार दोस्रो फेज (६ महिनापछि सञ्चालनमा आउने उद्योग)अन्तर्गत सौर्य सिमेन्टले दैनिक तीन हजार टन क्लिङ्कर उत्पादन गर्दै छ । त्यसैगरी घोराही सिमेन्टले पनि दैनिक तीन हजार टन उत्पादन गर्दै छ । पाल्पा सिमेन्टले एक हजार दुई सय टन क्लिङ्कर उत्पादन गर्नेछ । त्यसैगरी, तेस्रो फेज (आगामी डेढ वर्ष भित्र सञ्चालनमा आउने उद्योग)अन्तर्गत सिजी सिमेन्टले २ हजार टन थप्दै छ । मारुती सिमेन्टले पनि एक हजार पाँच सय टन क्लिङ्कर थप्दै छ ।

आगामी डेढ वर्षभित्र नेपालमा दैनिक २१ हजार एक सय टन क्लिङ्कर उत्पादन हुँदै छ । हाल दैनिक १२ हजार ६ टन क्लिङ्कर उत्पादन हुँदै आएको सङ्घले बताएको छ ।