उद्यमशिलताको र सशक्तिकरण पर्वले छपक्कै ढाकेको कीर्तिपुर नगरपालिका (तस्वीर सहित)

स्थानीय महिलाहरु जातीय परिधानमा सजिएर कतै बाजा बनाउँदै छन त कतै चटामरी पोल्दै छन । चर्खामा धाको कात्ने, म पुजाको तयारी गर्ने, घरेलु सर्जाम बनाउने सबै काम यहाँ एकै साथ भइरहेको दृश्य हेर्न लायक छ ।

काठमाडौं । कीर्तिपुर नगरपालिकालाई अहिले पर्वले छपक्कै ढाकेको छ । यहाँ ऐतिहासिकता र संस्कृतिका साथै उद्यमशिलताको र सशक्तिकरणको पर्व चलेको छ । यहाँका साँघुरो गल्लीहरुमा अहिले ध्वजापात लहराइरहेका छन ।

स्थानीय महिलाहरु जातीय परिधानमा सजिएर कतै बाजा बनाउँदै छन त कतै चटामरी पोल्दै छन । चर्खामा धाको कात्ने, म पुजाको तयारी गर्ने, घरेलु सर्जाम बनाउने सबै काम यहाँ एकै साथ भइरहेको दृश्य हेर्न लायक छ ।

यो सम्पुर्ण दृश्य कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको तीन दिवशीय महिला महोत्सवको हो । यो महोत्सव चैत २१ देखि सुरु भएर २३ गते समापन हुँदैछ ।

कीर्तिपुरको ऐतिहासिक मन्दिर बाघभैरव परिसरमा भइरहेको यो महोत्वसको स्टलहरु मन्दिर परिसर वरपरका विभिन्न चोकहरुमा छरिएर रहेका छन ।

कीर्तिपुरका दशैवटा वडाका महिलाहरुले चार चारवटा स्टलहरु महोत्वसमा ल्याएका छन । यसरी यो महोत्सवमा जम्मा ४० वटा स्टलहरु रहेका छन । महोत्सवका लागि नगरपालिकाले ८ लाख रुपयाँ बजेट बिनियोजन गरेको उपमेयर सरस्वती खडकाले बताइन ।

स्टलहरुमा विभिन्न सांस्कृतिक खाद्य, पेय, हातबाट बनाइएका लत्ता कपडा, संस्कृति झल्काउने कला सर्जामहरु राखिएका छन ।

देश संघीयतामा गइसकेको अवस्थामा महिलाहरुको उद्यमशिलताको विकास गर्न ,उनीहरुले उत्पादन गरेको सामाग्रीलाई बजारसम्म पुर्याउन र नगरपालिकाको चिनारी बनेको नेवारी संस्कृति सभ्यताको पर्दशन गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरेको खडकाले बताएकी छिन ।

बिस्तारै लोप हुँदै गएको संस्कार र संस्कृतिलाई नयाँ पीडिसमक्ष साक्षात्कार गराउनका लागि पनि महोत्सव खास रहेको उनको भनाई छ ।