पूरानै शैलीमा यसरी बन्दैछ रानीपोखरी (फोटोफिचर)

प्रताप मल्लका पालामा निर्मित रानीपोखरी गत २०७२ बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । अहिले रानीपोखरीको सतह मिलाउने र पोखरी निर्माणको काम उपभोक्ता समितिमार्फत काम अघि बढेको छ ।

काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माण सुरु भएको छ । यसअघि काठमाडौं महानगरले निर्माणको जिम्मा पाएपछि तीव्र विवादका कारण धराहरा अघि बढ्न सकेको थिएन । अहिले राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निर्माण गर्नेगरी जिम्मेवारी महानगरले दिइसकेको छ ।

प्रताप मल्लका पालामा निर्मित रानीपोखरी गत २०७२ बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । अहिले रानीपोखरीको सतह मिलाउने र पोखरी निर्माणको काम उपभोक्ता समितिमार्फत काम अघि बढेको छ ।

बालगोपालेश्वर मन्दिरलगायत अन्य संरचना निर्माण गर्न खरिद प्रक्रिया अघि बढेको छ । ठेक्का प्रणालीमार्फत रानीपोखरी निर्माण गर्न सुरु भएको छ ।

पुरानै शैली र स्वरुप झल्किने गरी नै रानीपोखरी निर्माण गरिने प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले बताए । रानीपोखरीको पुनःनिर्माणका लागि करिब १० करोडको लागत अनुमान गरिएको छ । आगामी दुइ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

तस्बिरमा निर्माणाधीन रानीपोखरी l