व्यवसायमा शिवरतनको तुफानी रेस

शारदा परिवारले लहानमा २०१५ सालमा राइस मिल खोल्यो । त्यसअघि नै २०१० सालमा ठाँडीमा शारदा परिवारको पहिलो उद्योगका रुपमा राइस मिल खुलिसकेको थियो । दुवै क्षेत्रमा त्यो पहिलो उद्योग थियो । यसरी व्यापारबाट उद्योगमा शारदा परिवारको प्रवेश भयो ।

आठ वर्षको अबोध उमेरमा उनी व्यापारमा संलग्न भए । अहिले ६ दशकपछि पनि व्यवसायमा निरन्तर सक्रिय छन्, शिवरतन शारदा । उनलाई अझै पनि नयाँ व्यवसायमा हात हाल्ने हुटहुटी छ । देशकै ठूलोमध्यको शारदा गु्रपका अध्यक्ष शिवरतनका तीन छोराहरुले फरकफरक व्यापारलाई बढाउँदै गु्रपलाई विस्तार गरे पनि त्यसलाई सूक्ष्म ढङ्गमा व्यवस्थापन शिवरतनले नै गरिरहेका छन् ।

शिवरतनको आफ्नै दैनिक तालिका छ । बिहान कालो चिया खाएर हल्का योग गर्छन् अनि प्रत्येक दिन कमलादी गणेश मन्दिर पुग्छन् । स्वास्थ्य र धर्मको दैनिक ‘कम्बिनेसन’ले होला उनको मुहारमा सधैँ चमक देखिन्छ । त्यसैले व्यापारको साम्राज्य खडा गर्न उनी तुफानी रेसमा छन् ।

‘म बिहान प्रायः वाक गर्छु अनि हल्का योग, त्यसपछि गणेश मन्दिर जान्छु,’ उनले भने । १०ः३० बजे थापाथली कार्यालय पुग्ने शिवरतनले दैनिक नयाँ उद्योग र व्यापारका बारेमा सोच्ने गर्छन् । म अफिस आएपछि सबैभन्दा पहिला ब्रिफिङ लिने काम गर्छु, कामको पेन्डिङ हेर्छु, सरकारी काममा के भइरहेको छ, त्यसमा अपडेट ह्न्छु,’ उनले भने, ‘मैले गर्नुपर्ने फलोअप निरन्तर गर्छु ।’ अहिले गु्रपको नयाँ पुस्ताका लागि सहजीकरण गर्ने काम भइरहेको उनले बताए ।

नेपालमा शारदा गु्रपको इतिहास डेढ सय वर्ष पुरानो छ । शिवरतनका हजुरबुबा भारतको कलकत्ताबाट नेपाल प्रवेश गरेका थिए । शारदाका पुर्खाहरु कलकत्तामा जुटको व्यापार गर्थे । जुटसँगै अरु व्यापार पनि थियो त्यो बेला । त्यसैको एउटा शाखा नेपालको हनुमाननगरमा खुल्यो । शिवरतनका जिजुहजुरबा त्यही शाखा हेर्नका लागि नेपाल प्रवेश गरे । ज्ञानीराम शारदा र बलदेश दासीले नेपालमा आएर जुट, घिउलगायतको व्यापार हनुमाननगरमा बसेर गर्न थाले । नेपालमा शारदा परिवारको व्यापारको बीजारोपणको कथा यसरी सुरु भयो ।

‘खासमा हाम्रो परिवार नेपाल भारत भन्ने नछुट्टिँदै व्यापारमा थियो, कलकत्तामा गरिरहेको व्यापार हनुमाननगर आएर गर्न थालेको हो, हनुमाननगर आएको डेढ सय वर्ष भइसकेको छ,’ उनले भने, ‘मैले बुझ्दाखेरी हामीले लहानमा सानो स्केलमा सुनचाँदी पसल खोलेका थियौँ । खाद्यान्नको पनि व्यापार हुन्थ्यो पसलमा, म पनि बस्थेँ । त्यो बेला म आठ वर्षको थिएँ ।’ खाद्यान्नमा धानचामल, दाल, तोरीलगायत सामान खरिद गर्ने र बिक्री गर्ने काम उनका बुबाहरुले गर्थे ।

लहानमा सानो बजारमा थियो । पहाडका मान्छेहरु लहान बजार झरेर आफूलाई आवश्यक सामान खरिद गर्थे । बजारमा हप्तामा दुईपटक हाट लाग्थ्यो । ‘हाट बजारमा हामीले घोडामा सामान राखेर पनि व्यापार ग¥यौँ,’ शिवरतन सम्झन्छन् ।

शारदा परिवारले व्यापारसँगै कन्स्ट्रक्सनको काममा पनि हात हालेको थियो । महेन्द्र राजमार्ग, लहान–कल्याणपुर–मिर्चैया सडकखण्ड, जनकपुर एयरपोर्टमा अर्थवर्क, ग्राभेलिङको जिम्मा लिएर शारदा परिवारले काम ग¥यो ।

शारदा परिवारले कपडाको पसल पनि चलाएको थियो । शिवरतनका बुबा र ठूलो बुबाले लहानमा कपडाको व्यापार गरेका थिए । सुनचाँदी, खाद्यान्न, कपडाको व्यापार अघि बढिरहेको थियो ।

लहानमा व्यापार गर्न सहज थिएन । शारदा परिवार लहानमा बजारको दायरा बढाउन सक्रिय थियो । बजार ठूलो हुँदै थियो, तर त्यो बेला बाटोघाटो, बिजुली केही पनि थिएन । विराटनगर जान पनि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता थियो ।

व्यापार गरिरहेको शारदा परिवारले लहानमा २०१५ सालमा राइस मिल खोल्यो । त्यसअघि नै २०१० सालमा ठाँडीमा शारदा परिवारको पहिलो उद्योगका रुपमा राइस मिल खुलिसकेको थियो । दुवै क्षेत्रमा त्यो पहिलो उद्योग थियो । यसरी व्यापारबाट उद्योगमा शारदा परिवारको प्रवेश भयो । २०२३ सालसम्ममा शारदा परिवारका १३ ओटा राइस मिल सञ्चालनमा आइसकेका थिए, जसमा सातओटा आफ्नै थिए भने पाँचओटा भाडामा लिएर सञ्चालन गरिएको थियो । सिरहा, सप्तरी, जनकपुरसम्म राइस मिल खुलेको थियो ।

व्यापार र राइस मिलमा हात हालेपछि असफलता नबेहोरेको शारदा परिवारले नयाँ उद्योग लगाउने योजना बनाएको थियो । राइस मिल दर्जनभन्दा बढी भइसकेको थियो । त्यसैले सुगर मिल खोल्ने योजना बनेको थियो । राइस मिलपछि शारदा परिवारले लहानमै सुगर मिल खोल्यो । बजार बढ्दै थियो, तर ठूलो भने भइसकेको थिएन ।

व्यापारमा एकनासको ग्राफ हुँदैन, उतारचढाव भइरहन्छ, शारदा परिवारले खोलेको सुगर मिल बजार नपाएपछि बन्द भयो । ठूलो घाटा खायो । ‘हामीले राइस मिल खोलेपछि सुगर मिलमा जानुपर्छ भनेर लहानमै सुगर मिल खोल्यौँ, तर हामीले सोचेजस्तो बजार थिएन, घाटा खानुप¥यो,’ शिवरतनले भने । त्यसपछि हामीलाई लाग्यो लहान अब हाम्रा लागि सानो भयो ।

भारतको दरभङ्गामा कलेज पढेका शिवरतन व्यापार र उद्योगमा नयाँ लगानी गर्ने योजना बनाइरहेका थिए । सुगर मिल बन्द भएर घाटा भए पनि योजनामा ‘ब्रेक’ लागेको थिएन । राइस मिल फैलिइरहेको थियो । अलि ठूलो क्षमताको राइस मिल नेपालगन्जमा खोल्ने योजनासहित शारदा परिवारबाट शिवरतन र मुरारका परिवारबाट आत्माराम मुरारकाले मिलेर नेपालगन्जमा राइस मिल खोले । तर, त्यो पनि सफल भएन । ‘हामी दुई युवा मिलेर नेपालगन्जमा राइस मिल खोलेर व्यापार थालेका थियौँ, सफल नभएपछि फक्र्यौं,’ उनले भने ।

लहान र नेपालगन्जमा सुगर मिल तथा राइस मिल असफल भएपछि विराटनगरमा व्यापार गर्ने योजना बन्यो । त्यो बेलासम्म लहान र विराटनगरबीच सडक पनि बनिसकेको थियो । विराटनगरमा शारदा परिवारले सोलभेन्ट फ्याक्ट्री लगायो, त्यसपछि एभरेस्ट रोलिङ मिल पनि खुल्यो । ‘त्यसपछि हामी आधुनिक उद्योगतर्फ प्रवेश ग¥यौँ,’ उनले भने ।

विराटनगरमा उद्योगले राम्रो प्रतिफल दिन थालिसकेको थियो । काठमाडौँ आउने–जाने क्रम बढिरहेको थियो । शिवरतन पनि काका रामकुमार शारदासँग काठमाडौँ आउने–जाने गरिरहेका थिए । काठमाडौं आउजाउमा शारदा परिवारको काठमाडौंकै रैथाने तथा स्थापित व्यवसायी इन्द्रभक्त श्रेष्ठसँग सम्पर्क भयो ।

व्यापारमा एकनासको ग्राफ हुँदैन, उतारचढाव भइरहन्छ, शारदा परिवारले खोलेको सुगर मिल बजार नपाएपछि बन्द भयो । ठूलो घाटा खायो । त्यसपछि शिवरतनलाई लाग्यो– लहान अब हाम्रा लागि सानो भयो ।

‘काका काठमाडौँ जाने आउने गर्नुहुन्थ्यो, पछि म पनि आउन थालेँ । हाम्रो सम्पर्क इन्द्रभक्त श्रेष्ठसँग भयो, उहाँको राजदरबार र सिंहदरबारलगायत क्षेत्रमा पहुँच थियो,’ शिवरतन भन्छन् । काठमाडौँ राजधानी भएकाले र अवसर पनि बढी हुने भएकाले काठमाडौं बसेर व्यापार नगरे व्यापार फैलिँदैन भन्ने सोच शारदा परिवारको थियो । काठमाडौंमा व्यापार गर्नुपर्छ भन्ने योजना र छलफल शारदा परिवारमा चलिरहेको थियो ।

शारदा परिवारलाई काठमाडौँसँग र इन्द्रभक्त श्रेष्ठलाई तराईसँग सम्बन्ध स्थापित गर्नु थियो । इन्द्र भक्तसँ गफलामका े उद्यो गका े लाइसे न्स थिया े । त्यही लाइसेन्सबाट विराटनगरमा एभरेस्ट आइरन खुल्यो । उद्योग त खुल्यो, तर नेपालमा कच्चापदार्थ उपलब्ध थिएन । भारतबाट आउने कच्चापदार्थ सीमित व्यापारीको नाममा थियो । शारदा परिवारले अस्ट्रेलियाबाट कच्चापदार्थ मगाउन खोज्यो, पैसा पनि पठायो । तर त्यो कम्पनीले सामान पठाएन । ‘हामीले कच्चापदार्थको अभावले अस्ट्रेलियाबाट मगाउन खोज्दा घाटा खानुप¥यो,’ उनी भन्छन्, ‘पछि बिस्तारै भारतबाट कच्चापदार्थ आउन थालेपछि केही सहज भयो ।’

शारदा परिवारको उद्योग व्यापार बढ्दै गयो । अनि लहानबाट अरु परिवार पनि विराटनगर नै आएपछि झन् सजिलो भयो । ‘हाम्रो परिवारका केही सदस्य विराटनगर आए पनि केही अझै पनि लहानमै हुनुहुन्छ, लहानसँगको हाम्रो सम्बन्ध अटुट छ,’ उनले भने ।
शिवरतन ४० वर्षको हुँदा बुबाको देहान्त भयो । त्यसको १० वर्षअघि नै शिवरतनका बुबा व्यापारमा सक्रियचाहिँ हुन सकिरहेका थिएनन् । तर, सल्लाह भने दिइरहन्थे । बुबाको देहान्तको १० वर्षपछि उनको र काकाको परिवारबीच अंशबन्डा भयो । उनीहरु २०५६ सालमा छुट्टिए ।
शिवरतन काठमाडौं आएको केही समयमै बनाएको शारदा गु्रप २०५६ पछि दुइटा भयो । एउटै लोगोमा अहिले शारदा गु्रप दुईओटा क्रियाशील छन् । शारदा गु्रप र सारडा गु्रप ।

संयुक्त रुपमा बस्दा शारदा परिवारले राइस मिल, स्टिल, आइरन, केबुल वायरको व्यापारलाई चम्काइरहेका थिए । अंशबण्डा गरेपछि पायोनियर वायर, रोलिङ मिललगायतका अरु व्यवसाय उनको काकाको भागमा प¥यो ।
‘हामी भिन्न भएपछि हामीले फेरि मेहनत गर्नुपर्छ भनेर नयाँ ढङ्गले लाग्यौँ,’ शिवरतनले भने, ‘हामीलाई लाग्यो अब झन् बलियो हुनुपर्छ । त्यसैले

नयाँनयाँ उद्योग खोल्नेतर्फ हाम्रो ध्यान गयो । त्यसपछि प्रिमियर वायर एन्ड केबल, पशुपति सिम्पेक्ड, पशुपति फ्लोर मिल ल्यायौँ । बिस्कुट, जुस, चाउचाउ, साबुन, अल्कोहल पनि आयो ।’

खासमा संयुक्तभन्दा फरकफरक बसेर व्यापार गर्नुपर्छ, यसले व्यापारको दायरा बढाउँछ भन्ने मान्यता शिवरतनको छ । ‘छुट्टिँदा कमजोर होइन, झनै बलियो भइने रहेछ । अहिले काकाको परिवार र हाम्रो परिवार सबैले राम्रो गरिरहेका छौँ,’ उनी भन्छन् ।

२०५६ सालपछि व्यापार र उद्योगको ग्राफलाई उकालो चढाइरहेका शिवरतन झन् आक्रमक हुँदै थिए । उनी ठूलाठूला उद्योगमा हात हाल्न चाहन्थे । देशमा सिमेन्टको माग अत्यधिक थियो । उनले पनि एउटा लाइसेन्स लिएर राखेका थिए । त्यसको नाम शिवम् सिमेन्ट राखेका थिए । शिवरतनले त्यही लाइसेन्सबाट सिमेन्ट उद्योग स्थापना गर्न खोजे । मकवानपुरमा खानी पनि लिएका थिए । उद्योग चलाउन खोज्दै गर्दा उनलाई केही अप्ठ्यारो परिसकेको थियो । आर्थिक अभाव नभए पनि अन्य कारणले उनले उद्योग अघि बढाउन सकिरहेका थिएनन् । त्यही बेला सतीश मोर, रमेश गुप्ता र गोयल समूहले पनि सगरमाथा सिमेन्ट ल्याउन खोजिरहेका थिए । उनीहरुले पनि मकवानपुरको त्यही खानीको पछाडि अर्काे खानी लिएका थिए ।

‘हामीले पनि सिमेन्ट उद्योग गर्न खोजेको उहाँहरुले पनि त्यही काम गर्न खोजेको अनि खानी पनि अगाडि–पछाडि । हामीले फरकफरक नगर्ने, एउटै गरौँ भन्ने सल्लाह ग¥यौँ’, उनले भने, ‘त्यसपछि हामी मर्ज भएर शिवम् सिमेन्टका रुपमा बजारमा आयौँ । मर्ज हुँदा भगवान्को नाम भनेर उहाँहरुले उद्योगको नाम शिवम् नै राखौँ भन्नुभयो ।’

अहिले शिवम् चीनको होङ्सी गु्रपसँग व्यावसायिक साझेदार बनेर देशकै ठूलो सिमेन्ट उद्योग हुने सिलसिलामा छ । आगामी अप्रिलमा सिमेन्ट बजारमा आउँदै छ ।

उद्योग बढाउँदै लगिरहेका शिवरतनले असफलताको स्वाद पनि पटकपटक चाखेका छन् । साझेदारीमा उनले इस्टर्न चिनी मिलमा लगानी गरेका थिए । त्यसमा उनले आठ करोड रुपैयाँ घाटा खाए । लगानी गरेर केही नलिई निस्कनुपरेको उक्त उद्योगलाई चाहेर पनि राम्रो गर्न नसकेको सन्दर्भमा उनी अझै पनि थकथक मान्छन् ।

सामान्य व्यापारबाट यस क्षेत्रमा हात हालेका शिवरतन अहिले देशको अग्रणी उद्योगपतिका रुपमा स्थापित छन् । उद्योग नै प्राथमिकतामा राख्ने शारदा गु्रपले विगतमा राजनीतिक अस्थिरताका कारण ट्रेडिङमा पनि हात हाल्यो । आयात गरेर नेपालमा सामान बेच्न थाल्यो ।
‘खासमा हामी देशभित्र नै उद्योग हुनुपर्छ भन्ने मान्यता राखेर उद्योग बढाइरहेका हौँ, बीचमा बाध्यताले ट्रेडिङमा जानुप¥यो,’ उनले भने, ‘कुनै उद्योगबाट नाफामा आएको पैसा अर्काे नयाँ उद्योगमा लगाउने गरेका छौँ ।’ कुनै ठाउँबाट क्यास आउनेवाला छ भने उद्योगकै योजना बनाउने गरेको उनले बताए । ‘हामीलाई धेरै घर र जग्गा किनेर राख्नु छैन, उद्योग नै चलाउनु छ,’ उनले भने, ‘अब देशमा राजनीतिक स्थिरताको आशा पलाएको छ । हामी नयाँ उद्योगका बारेमा सोच्दै छौँ ।’