अमेरिकी पर्यटकको गुनासोपछि अध्यागमनले भन्यो– सुधार गर्छाैं

पछिल्लो पटक आधादेखि एक घण्टासम्म आकाशमा जहाज होल्ड भइरहेको छ, त्यसैको असर अध्यागमनमा देखिएको हो, उनले भने । केही साताअघि भएको युएस बङ्ग्ला जहाज दुर्घटनापछि विमानस्थलका ३८ जना कर्मचारी सरुवा गरेको ठाउँमा कुनै पनि कर्मचारी नपठाएको र अध्यागमनका कर्मचारी पनि पूरा नभएकाले समस्या देखिएको उनले बताए ।

काउन्टरमा कर्मचारी नभएर पर्यटकले सास्ती खेपेको विषयमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमजोरी भएको जनाएको छ ।

जहाज आकाशमा होल्ड भएर ल्यान्डिङको समय एकैपटक परेकाले अध्यागमन व्यवस्थापनमा समस्या भएको विभागले जनाएको हो । शनिवार अमेरिकाबाट कतारको दोहा हुँदै नेपाल आएका पर्यटक डेविड फिजप्याट्रिकले अध्यागमन काउन्टरमा कर्मचारी नभएर समस्या भएको अनुभव क्यापिटल नेपालमा आइतवार लेखेका थिए ।

विभागका महानिर्देशक होमनाथ थपलियाले जहाज आकाशमा होल्ड भएर एकैपटक ल्यान्ड हुँदा पर्यटकको भीड भएको बताए । शनिवार मात्र यस्तो समस्या देखिएको हो, बिहान कुनै जहाज नआएको तर ११ बजेपछि मात्र धेरै जहाज ल्यान्ड भएकाले व्यवस्थित हुन नसकेको स्वीकार गरे । अब सुधारका लागि पहल भइसकेको छ ।

पछिल्लो पटक आधादेखि एक घण्टासम्म आकाशमा जहाज होल्ड भइरहेको छ, त्यसैको असर अध्यागमनमा देखिएको हो, उनले भने ।
केही साताअघि भएको युएस बङ्ग्ला जहाज दुर्घटनापछि विमानस्थलका ३८ जना कर्मचारी सरुवा गरेको ठाउँमा कुनै पनि कर्मचारी नपठाएको र अध्यागमनका कर्मचारी पनि पूरा नभएकाले समस्या देखिएको उनले बताए ।

अहिले समस्या समाधान भइरहेको बताउँदै अव यात्रुहरुले दुख नपाउने उनले बताए । अध्यागमनका अपुग कर्मचारीका लागि आफूले गृह र सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाइसकेको भएपनि मन्त्रालयबाट कुनै जवाफ नआएको उनले बताए । नेपाल घुम्न आएका पर्यटकले अध्यागमनमा दुख पाउने कुरा कुनैपनि हालतमा राम्रो नभएको र यसले सन्देश पनि नराम्रो जाने भएकाले हामीहरु यसमा सचेत छौं, थपलियाले भने ।

याे पनि पढाैं 

नेपाल आएका अमेरिकी पर्यटकको प्रश्न— साँच्चै नेपाल पर्यटकलाई स्वागत गर्ने देश हो ?