अब पर्यटनमन्त्रीको कार्यकक्ष विमानस्थलमा पनि, दैनिक गएर सुधारको थालनी गर्ने

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप बढ्दै जानु, अध्यागमनमा कर्मचारी नहुँदा पर्यटकले घण्टौंसम्म दुःख पाउनु, विमानस्थलभित्र पार्किङको समस्या हुनु, शौचालय पर्याप्त नहुनु, लगेज ल्याउन ढिला हुनु, लगेज हराउनुलगायत समस्या छन् । ती समस्याको समधानका लागि र यात्रुको गुनासो सुन्न मन्त्री अधिकारी विमानस्थलमा कार्यालय नै खोलेर बस्न लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलमै कार्यकक्ष राख्ने भएका छन् । विमानस्थलको विषयमा बढ्दै गएको गुनासो र त्यसको सुधारका लागि मन्त्री अधिकारीले विमानस्थल कार्यालयमै आफ्नो कार्यकक्ष बनाउन लागेका हुन् । अधिकारी पर्यटनमन्त्री भएपश्चात् आफ्नो कार्ययोजनामा त्रिभुवन विमानस्थललाई सुधार गर्ने प्राथमिकतामा राखेका छन् ।

मन्त्री भएपछि विमानस्थल निरीक्षण गर्न पुगेका अधिकारीले विमानस्थलमा व्यापक सुधार गर्नुपर्ने भएकाले दैनिक पुग्ने र केही घण्टा बस्नका लागि कार्यकक्ष नै बनाउने योजना बनाएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मन्त्री अधिकारीले विमानस्थलमा पनि नियमित आउने र केही समय बिताउने योजना बनाएको विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘विमानस्थल सुधारका लागि मन्त्री आउने र बस्ने योजना बनाउनुभएको छ, त्यसका लागि उहाँको कार्यकक्ष बन्नेछ,’ उनले भने ।

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप बढ्दै जानु, अध्यागमनमा कर्मचारी नहुँदा पर्यटकले घण्टौंसम्म दुःख पाउनु, विमानस्थलभित्र पार्किङको समस्या हुनु, शौचालय पर्याप्त नहुनु, लगेज ल्याउन ढिला हुनु, लगेज हराउनुलगायत समस्या छन् । ती समस्याको समधानका लागि र यात्रुको गुनासो सुन्न मन्त्री अधिकारी विमानस्थलमा कार्यालय नै खोलेर बस्न लागेका हुन् । मन्त्री अधिकारीले गत चैत ११ गते विमानस्थललाई २१ घण्टा सञ्चालन गराउने घोषणा गरिसकेका छन् ।