पर्यटनमन्त्रीको महत्वाकाङ्क्षी योजना– सम्भव होला त धुलिखेलमा ‘डोमेस्टिक’ एयरपोर्ट ?

आन्तरिक तथा बाह्य मुलुकबाट आउने जहाज एउटै विमानस्थलमा अवतरण गर्नुपर्ने भएको र त्यसले एयरट्राफिक बढेका कारण विकल्पमा धुलिखेल उपयुक्त हाे । एउटा मात्रै विमानस्थल हुनु र आन्तरिक तथा बाह्य दुवै जहाज एकै ठाउँमा अवतरण गर्नु परेकाले ठूलो समस्या भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुँदै आएका आन्तरिक जहाजलाई धुलिखेलमा एयरपोर्ट बनाएर सार्ने बताएका छन् ।

काभ्रे जिल्लाको ठूलीचौरमा आन्तरिकतर्फका जहाज उडान गर्न तथा अवतरणका लागि नयाँ एयरपोर्ट बनाएर सार्ने बताएका छन् । त्यसका लागि सय दिनभित्रमा सम्भाव्यता अध्ययन गरिने मन्त्री अधिकारीले जानकारी दिए । आन्तरिक तथा बाह्य मुलुकबाट आउने जहाज एउटै विमानस्थलमा अवतरण गर्नुपर्ने भएको र त्यसले एयरट्राफिक बढेका कारण विकल्पमा धुलिखेल उपयुक्त हुने पर्यटनमन्त्री अधिकारीको भनाइ छ ।

‘एउटा मात्रै विमानस्थल हुनु र आन्तरिक तथा बाह्य दुवै जहाज एकै ठाउँमा अवतरण गर्नु परेकाले ठूलो समस्या भएको हो,’ उनले भने, ‘त्यसमा पनि विमानस्थल २४सै घण्टा सञ्चालन हुन नसकेकाले एयर ट्राफिक बढेको हो ।’

पर्यटन मन्त्रीले डाेमेस्टिक जहाजलार्इ धुलिखेल सार्ने बताइरहँदा व्यवसायीले यसलार्इ हावादारी याेजना भएकाे बताएका छन् । वर्तमान विमानस्लथकाे विस्तार त ६ वर्ष  वितिसक्दा पनि अहिलेसम्म बन्न सकेकाे छैन ।

तसर्थ मन्त्री अधिकारीले एयरपोर्टलाई दैनिक कम्तीमा २१ घण्टा सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी दिए । ‘केही दिनमै एयरपोर्ट २१ घण्टा खुल्छ,’ उनले भने, ‘त्यसपछि अहिलेको समस्या धेरै हदसम्म समाधान हुन्छ । मन्त्री अधिकारीले सयदिने कार्यक्रम सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेका छन् ।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने अधिकारीले बताए । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरार्इ कोरियन कम्पनी एलएमडब्लूसँगको दायित्व व्यवस्थापन गर्ने, विमानस्थल निर्माणको मोडालिटी तय गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टर्मिनल भवन लगायतका सिभिल निर्माण कार्यको भौतिक प्रगति ४० प्रतिशत सम्पन्न गर्ने, पोखरा क्षेत्रीय विमानस्थलकोे डिजाइन रिभ्यू र सुपरभीजन परामर्शदाता नियुक्त गर्ने कामलाई पनि तीव्रता दिने गरी सरकार अघि बढेको हो ।

पशुपतिनाथको धार्मिक महत्व तथा पाशुपत क्षेत्रको ऐतिहासिकता, पुरातात्विक तथा पौराणिकताको प्रचारप्रसार गर्ने, लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी मनाउने, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदामध्ये १३ ओटा पुन निर्माण भइसक्ने छ । भूकम्पले ७ सय ५३ सम्पदाहरु क्षतिग्रस्त बनाएकोमा हाल सम्म ८२ ओटा पुननिर्माण भइसकेको छ ।

पर्यटन नीति २०६५, परिमार्जन गर्ने, पर्यटन प्रबद्र्धन गर्न सहकार्यका लागि थाइल्यान्डसँग समझदारी गर्ने र श्रीलङ्कासँगको समझदारीलाई पनि अघि बढाउने, नेपालको पर्यटन प्रर्वद्धनलाई प्रभाकारी बनाउन पाँच प्रमुख पर्यटकीय स्रोत मुलुकमा पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणा पत्र तयार गर्ने, पर्यटन ऐन २०३५ लाई परिमार्जन गर्न संशोधन मस्यौदा तयार गर्ने, क्यासिनो ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्मा पेस गर्ने बताइएको छ ।

संस्कृति संरक्षण र प्रवर्द्धनका लागि ५९ ओटा आदिवासी जनजातिहरुको वार्षिक चाडपर्वहरुको क्यालेन्डर प्रकाशन गर्ने, राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाला राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानव मर्यादा पुरस्कार वितरण गर्ने, ऐतिहासिक पुरात्तात्विक एवं धार्मिक महत्वका सम्पदताहरु संरक्षण गर्ने, अभिलेखको डिजिटाइजेसन र सुढृढीकरण गर्ने, सङ्ग्रहालयको निर्माण तथा व्यवस्थापन गर्ने, पर्यटकीय तथ्याङ्क अधावधिक गर्ने, दिगो पर्यटन व्यवस्थापन गर्ने, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता बढाउने, सातओटै प्रदेशमा एक/एक ओटा नमूना पर्यटकीय गन्तव्यस्थलका लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गर्ने छ ।

पर्यटन प्रवर्द्धनको लागि नेपाल भ्रमण वर्ष २०२० को सचिवालय स्थापना गर्ने छ । यस्तै हवाई उड्डयन सुरक्षा सुदृढीकरण गर्ने, ड्रन उडाउन अनुमतिलाई सरलीकृत गरी समन्वयात्मक ढङ्गबाट उडान सञ्चालन गराउन कार्यविधि तयार गर्ने, प्राधिकरण सुढृढीकरण एवम् विमानस्थल निर्माण सुधार गर्ने छ ।