२०७४ का लोकप्रिय कार

नेपाली बजारमा अहिले साना, ठूला, महँङ्गा र सस्ता जुनसुकै किसिमका गाडी भित्रन थालेका छन् । बजारमा केही वर्ष अघिसम्म विलासिताको साधनको रुपमा लिइने कार अहिले अत्यावश्यक साधन बन्दै गएको छ ।

नेपाली बजारमा सुविधासम्पन्न कारको माग दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा अहिले साना, ठूला, महँङ्गा र सस्ता जुनसुकै किसिमका गाडी भित्रन थालेका छन् । बजारमा केही वर्ष अघिसम्म विलासिताको साधनको रुपमा लिइने कार अहिले अत्यावश्यक साधन बन्दै गएको छ । नेपाली अटोमोबाइल्स व्यवसाय पनि बढ्दै छन् । नेपालमा विशेषगरी भारतलगाएत तेस्रो मुलुकबाट साना ठूला कार आयात हुने गरेका छन् । नेपालमा सबैभन्दा बढी राजस्व पनि अटोमोबाइल्स क्षेत्रबाट नै उठ्ने गरेको छ ।

अहिले नेपालमा १३ लाखदेखि ४–५ करोड रुपैयाँसम्म पर्ने कार पाइन्छन् । तीमध्ये बजारमा सस्ता गाडी बढी बिक्री हुन थालेका छन् । हुन्डाई, टाटा, निसान, मारुति, महिन्द्रा, सुजुकी कम्पनीका कार बढी भित्रिने र उपभोक्ताले रुचाएका ब्रान्डमध्ये पर्छन् । मुलुकमा २०७४ भरि आयात भएका लोकप्रिय कार यस्ता छन् ।

एसयूभी निसान टेरानो


नेपाली अटोबजारमा भर्खरै भित्रिएको निसानको टेरानोले निकै चर्चा बटुलेको छ । एसयूभीको बजार बढेसँगै प्रतिस्पर्धात्मक बनेको यो सेग्मेन्टमा टेरानोको आगमनले अटो बजारलाई निकै तताएको छ । नेपालमा मात्र होइन विश्वभर जापनी ब्रान्ड निसानलाई बलियो र आरामदायी कारका रुपमा लिने गरिएको छ । यसका विशेषता हेरौं :

इन्जिन क्षमता : १६०० सीसी
पावर : ७७ किलोवाट
माइलेज : प्रतिलिटर १६.०६ किलोमिटर
इन्धन क्षमता : ५० लिटर
मूल्य : ४२ लाख ९९ हजार रुपैयाँ

सुजुकी सेलेरियो एक्स


करिब दुई महिनाअघि सुजुकीको नयाँ ब्रान्ड सेलेरियो नेपाली बजारमा आएको हो । दुई महिनाको अवधिमा यसले पनि ठूलै सफलता पाएको छ । बजेटका हिसाबले कम तथा वहुउपयोगी यो कार नेपालीमाझ निकै लोकप्रिय छ ।

इन्जिन क्षमता : एक हजार सीसी
पावर : ६७ बीएचपी
इन्धन क्षमता : ३५ लिटर
माइलेज : २३ किलोमिटर प्रतिलिटर
मूल्य : २२ लाख २९ हजार रुपैयाँ

हुन्डाइ क्रेटा


इन्जिन : १५९१ सीसी
पावर : १२२ बीएचपी
इन्धन क्षमता : ६० लिटर
माइलेज : १३ किलोमिटर प्रतिलिटर
मूल्य : ४९ लाख ९६ हजार

प्युजियो ३००८


इन्जिन : १६०० सीसी
पावर : १६५ बीएचपी
माइलेज : प्रतिलिटर १४ किलोमिटर
इन्धन क्षमता : ६० लिटर
मूल्य : एक करोड १९ लाख रुपैयाँ

होन्डाइ न्यू भेर्ना


इन्जिन क्षमता : १६५१ सीसी
माइलेज : प्रतिलिटर १७.७० किलोमिटर
पावर : १२३ बीएचपी
इन्धन क्षमता : ४५ लिटर
मूल्य : ४२ लाख ९६ हजार रुपैयाँ

टाटा हेक्जा


इन्जिन क्षमता : १५ सय ९८ सीसी
इन्धन क्षेमता : ६० लिटर
पावर : १५४ बीएचपी
माइलेज : प्रतिलिटर १६ किलोमिटर
मूल्य : ७० लाख रुपैयाँ

महिन्द्रा एक्सयूभी ५००


इन्जिन : २१८० सीसी
पावर : १४० बीएचपी
इन्धन क्षेमता : ७० लिटर
मूल्य : ४९ लाख ५० हजार रुपैयाँ

नेपाली बजारमा अत्यधिक महँगा कार पनि उपलब्ध छन् । एड्भान्स अटोमोबाइल्स प्रालिका अनुसार हाल टेरानो, रेनो, सुजुकी, होन्डाइलगाएतका कारको बढी माग छ ।