जागिरपछि जमेका उद्योगी

मैले जीवनमा लामो समय जागिरमा बिताएँ । जागिर गरिरहँदा पनि ममा एक किसिमको उथलपुथल आएको थियो । त्यो उथलपुथल, जीवनमा केही नयाँ गरौं भन्ने नै हो । तर ममा पैसाको आँट भने थिएन । तर आन्ट्रपे्रनरसिप थियो । जिज्ञासुपन थियो । त्यसैकारण म मिहिनेती पनि थिएँ । त्यसमा लागिपरेको थिएँ । म विनयशील थिएँ । सिक्नका लागि आफैंलाई प्रोत्साहित गरिरहेको थिएँ ।

तपाईंलाई के लाग्छ— मानिसहरु जागिरे जीवनबाट ‘रिटायर्ड’ भएपछि के गर्छन् ?

भन्न सक्नुहुन्छ— उत्तर सजिलो छ, औसत मानिस जागिरबाट ‘रिटायर्ड’ भएपछि स्वतन्त्र जीवन बिताउन चाहन्छन् । अथवा आध्यात्मिक क्षेत्रमा आफूलाई समर्पित गर्छन् । अथवा घरपरिवारको साँघुरो घेराभित्रै सीमित हुन्छन् ।

तर केही व्यक्तिमा तपाईंको अनुमान सही सावित नहुन सक्छ ।

त्यस्तै तपाईंको अनुमानलाई गलत सावित गरिदिने व्यक्ति हुन्, उद्योगी जगदीश अग्रवाल । जसले जागिरे जीवनबाट ‘रिटायर्ड’ भएपछि सुरु गरेको उद्योग÷समूहलाई १७ वर्षको अवधिमै आफ्नो क्षेत्रको सफल उद्योगको ‘उचाइ’मा पु¥याउन सफल भए ।
नेपालका ठूला व्यवसायमा लिगेसीको प्रभाव छ । पुख्र्याैली व्यवसायलाई विस्तार गर्दै जाने र आधुनिकीकरण गरेर बजार आफूतिर आकर्षित गर्ने यो समयमा १७ वर्षको समयमा नेपालकै प्रतिष्ठित गु्रप र अग्रणी व्यवसायमा निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले आफूलाई उतारे । जीवनको ऊर्जावान् समय जागिरमा बिताएका अग्रवालले ‘रिटायर्ड’ भएपछि व्यापार थालेका हुन् । त्यसैले उनलाई जीवनमा केही गर्न समय थोरै हो भन्ने लाग्दै लाग्दैन । उनको एउटै धारणा छ— साहसी, परिश्रमी र धैर्यवान् हुनुपर्छ । मानिसलाई सफलताले पछ्याएर आउँछ ।

अग्रवालले सुरु गरेको निम्बस समूह अहिले नेपालको सबैभन्दा ठूलो दाना उद्योगका रुपमा स्थापित छ । पशुपन्छीको दानामा अग्रणी निम्बसको यात्रा छोटो भए पनि सजिलो थिएन । तर अग्रवालले आफ्ना दुई छोरालाई यस्तो स्कुलिङ गरे, जसबाट निम्बस नेपालको पहिलो पशुपन्छीको दाना उत्पादन गर्ने ठूलो उद्योग बन्यो ।

विराटनगरको रङ्गेलीमा हुर्केबढेका अग्रवाल उच्चशिक्षा भारतबाट गरेपछि विराटनगर नै फर्किए । पढेर आएपछि केही गर्नु थियो उनलाई । त्यसैले सुरुमै जागिर गरे । त्यो पनि त्यो बेलाको स्थापित व्यावसायिक घराना एमजी गु्रपमा । एमजी गु्रप त्यो बेला आयातनिर्यात व्यापारमा सक्रिय थियो । उनी नेपालबाट निर्यात गर्ने काममा सक्रिय भए । त्यहाँ उनले चार वर्ष काम गरे । ‘म भारतबाट पढेर आएपछि एमजी गु्रपको व्यापारमा संलग्न भएँ,’ उनले विगत सम्झिए, ‘एमजी गु्रपमा चार वर्ष निर्यात हेरँे ।’ एमजी ग्रुपको काम गर्ने शैली र त्यहाँको वातावरणले आफूलाई जागिरेको अनुभव नभएको उनको भनाइ छ ।

व्यापार हेर्दाहेर्दै एमजी गु्रप र उसको साझेदारीमा नेपालमा पहिलो बियर फ्याक्ट्री खुल्यो । त्यसको नाम राखियो— स्टार बियर । उक्त उद्योगको स्थापनादेखि बिक्री र पैसा उठाउने कामसम्म अग्रवालले हेरे । र, त्यही फ्याक्ट्रीको काममा उनले लामो समय बिताए— २८ वर्ष । काम गर्दागर्दैै सहमहाप्रबन्धकदेखि मुख्य कार्यकारिणीसम्मको अधिकार र जिम्मेवारीमा उनले एमजी गु्रपमा बिताए ।

‘त्यो बेला सफ्ट ड्रिङ्क्ससम्म आएका थिएनन्,’ सफलता सुनाइरहँदा उनी हल्का मुस्काए, ‘स्टार लेमो, स्टार अरेन्ज र स्टार अरेन्ज भनेर हामीले सुरु ग¥यौं । ती सबैमा हामी प्रथम थियौं । सबै सक्सेस भए ।’ व्यापार र उद्योगमा अग्रवाल खारिँदै गए । सामाजिक एवम् व्यावसायिक संस्थासँग पनि उनी जोडिँदै गए । विराटनगरपछि उनी हेटौंडा पुगे । त्यहाँ उनी आठ वर्ष बसे । त्यसपछि काठमाडौं आइपुगे अग्रवाल । काठमाडौंमा २० वर्षको बसाइँपछि उनी वीरगन्ज हान्निए । काठमाडौं बस्दा घर लिइसकेका थिए, अग्रवालले । परिवारका सदस्य सबै यहीँ आइसकेका थिए ।

त्यतिखेर अग्रवालका छोराहरु पढ्दै थिए । उनी काम विशेषले घुमिरहेका थिए । यसरी उनी घुम्नुको कारण थियो— एमजी गु्रपले नेपालमा पेप्सीको उद्योग सञ्चालनको तयारी गर्दै थियो । एमजी गु्रपका तर्फबाट अग्रवाल पेप्सीसँगको सम्झौतादेखि लिएर प्लान्ट लगाउनेसम्मको काममा खटिए ।

‘पेप्सीको उद्योग लगाएपछि मलाई पेप्सीको सबै काम हेरिदिनुपर्छ भन्ने आग्रह थियो,’ उनले भने, ‘तर म बियरकै काम गरिरहें ।’ एमजी गु्रपले नेपालमा आक्रामक व्यापार र उद्योग बढाइरहेको थियो । ‘मैले सबै काममा आफ्नो मिहिनेत देखाइरहेको थिएँ । त्यसैले उहाँहरुले जिम्मेवारी दिइरहनुभएको थियो ।’ बियर फ्याक्ट्रीदेखि अरु कामसहित गरेर जागिरे जीवनमा ३२ वर्ष बिताएको उनी बताउँछन् ।

जागिरे जीवन चलिरहेको थियो । जेठा छोरा आनन्द बगरिया पनि भर्खर पढेर आइपुगेका थिए । अब छोरालाई पनि जागिर खुवाउने र आफूले पनि केही न केही नयाँ गर्नुपर्छ भन्ने सोच आयो उनमा । त्यसका लागि विकल्प सुझ्यो— छोरालाई व्यापारमा लगाउने ।

बाबुछोराको सल्लाहपछि आनन्द बगरियाले साथीहरुसँग मिलेर ट्रेडिङ बिजनेस सुरु गरे । तर पहिलो गाँसमै ढुङ्गा लागेजस्तो भयो, व्यापारमा । ‘छोरा र उसका साथीहरु मिलेर गरेको व्यापार सफल भएन,’ अग्रवालले भने, ‘ म एमजी गु्रपकै बियर फ्याक्ट्रीमै थिएँ । छोराले हात हालेको पहिलो व्यवसाय सफल भएको थिएन, चिन्ता पर्न थाल्यो । एमजी गु्रपले पनि बियर फ्याक्ट्री बेच्ने निर्णय ग¥यो । बिक्री गर्ने समयमा पनि मैले भूमिका निर्वाह गरेँ र म त्यहाँबाट हटेँ ।’

‘किन बिक्री भयो त बियर फ्याक्ट्री ?’ प्रश्न नसकिँदै उनले उत्तर दिइहाले—

‘बियर फ्याक्ट्री बिक्री हुनुको एउटा कारण छ— कुनै पनि व्यापार अथवा उद्योग सञ्चालनमा दूरदृष्टि सबैभन्दा महङ्खवपूर्ण विषय हो । स्थापनाकालको आफ्नै पीडा हुन्छ । बाल्यकालमा जसरी बालकलाई हुर्काउन गाह्रो हुन्छ, उद्योगलाई हुर्काउन पनि त्यस्तै हुन्छ । तर जब उद्योगको बाल्यकाल सकिन्छ, त्यसपछि उसको विकासकाल सुरु हुन्छ । त्यो कालमा दूरदृष्टि चाहिन्छ । सायद हामीमा यही विषयको कमी भयो ।’

उद्योग बिक्रीको प्रसङ्गलाई उनले टुङ्ग्याउन चाहेनन् । भने—

‘जैविक वस्तु पो मर्छ । तर उद्योग त त्यस्तो होइन । यसलाई त सधैं युवा नै बनाउनुपर्छ । त्यसका लागि दूरदृष्टि चाहिन्छ भन्न खोजिएको हो । नयाँनयाँ कुराको खोजी आदिका माध्यमबाट उद्योगलाई सधैं अघि बढाउनुपर्छ । त्यो क्रममा नयाँ सम्भावनाको खोजी पनि गर्नुपर्ने हुन सक्छ । तर हामीले ब्रुअरी सञ्चालन गरिरहेको अवस्थामा समाजमा एउटा मानक स्थापना भएको थियो— ब्रुअरी नेपालमा सम्भावना भएको क्षेत्र हो । यसले गर्दा नेपालमा लगानीकर्ताहरु प्रशस्त भित्रिए । त्यो हाम्रो चुनौती पनि थियो । हाइनिकनजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउन मैले पहल पनि गरेँ । तर त्यो सफल भएन । अन्ततः हामीले ब्रुअरी पनि बेच्यौं । बेचेपछि म मुक्त भएँ ।’

यतिखेरसम्म अग्रवालका छोरा पनि उद्योगमा काम गर्न सक्ने भइसकेका थिए । त्यसबीचमा अग्रवालले केही ट्रेडिङ व्यापार सुरु गरिसकेका थिए । ‘त्यसभन्दा अघि हामीले स्विफ्ट बल पेनको उद्योग चलायौँ । त्यसमा पनि नराम्रोसँग घाटा बेहोर्नुप¥यो,’ उनले उद्योगमा दोस्रो पटक घाटा खाएकोबारे फेहरिस्त सुनाए ।

अग्रवाललाई यतिखेरसम्म दुई समस्या थिए । एकातिर जुन कम्पनीमा उनी संलग्न थिए, त्यो बिक्री भइसकेको थियो । अर्कातिर जेठो छोरो पढाइलेखाइ सकेर आए पनि उसका लागि थालिएको काम पनि राम्रो भएको थिएन । आफू र छोरालाई कता इन्गेज गर्ने भन्ने चुनौती थियो उनमा । यसैबीचमा उनले फेरि फास्ट मुभिङ कन्जुमर गुड्स (एफएनसीजी प्रडक्ट)को टे«ेडिङ थाले ।
‘हामीले त्यतिखेर भुजिया, मिठाइँ आदि तीनचार ओटा प्रडक्ट आयात गरेर बिक्री गरिरहेका थियौं । त्यही बेला छोराको बिहे पनि भयो । बुहारी पनि पढेलेखेकी थिइन् । उनलाई पनि काम गर्ने स्थान चाहिएको थियो । र, सँगै हामीले बेचिरहेका वस्तुलाई कुन नामबाट बजारमा पठाउने भन्ने सन्दर्भमा अन्ततः निम्बस जन्मियो,’ निम्बस जन्मिएको क्षण सुनाउँदै गर्दा उनको अनुहार धपधपी बलिरहेको थियो ।

उनको अनुहारमा चमक आएको कारण यो हुन सक्छ— जसको बारेमा उनी भनिरहेका थिए, त्यो ‘सफलताको कथा’ थियो ।
उनी बियर फ्याक्ट्रीको जिम्मेवारीबाट मुक्त भएपछि एक किसिमले स्वतन्त्र भएका थिए । त्यसैले उनलाई थप केही गर्नुपर्छ भन्ने लाग्यो । र, दाना उद्योग सञ्चालन गर्ने निधो गरे । बाबुछोरा मिलेर दाना उद्योग सुरु भयो । दाना उद्योगका लागि आवश्यक कच्चापदार्थ भारतबाट आयात गरेर उत्पादन र व्यापार सुरु भयो । यसले राम्रो गर्न थालेपछि बिस्तारै दानालाई चाहिने कुनै एउटा वस्तु नेपालमै बनाउन सकिन्छ भन्ने सोचेर अग्रवाल त्यसमा लागे । त्यसका लागि प्राविधिक ज्ञान पनि हासिल गर्न आवश्यक थियो, त्यो पनि लिएपछि काम सुरु गरे ।

‘मेरो बानी छ— मैले जुन काम गर्छु, त्यसमा लागिपर्छु । राम्रो गर्नुपर्छ भन्नेमै दिल र दिमाग दिइरहन्छु । ब्रुअरीमै हुँदा पनि मैले बियर उत्पादन, व्यवस्थापन, बजारीकरणलगायत सबै काममा ज्ञान हासिल गरेर अघि बढेँ,’ उनले आफ्नो जिम्मेवारी र कार्यक्षमता पनि स्पष्ट पारे, ‘हुन त म त्यहाँ सर्वेसर्वा थिइनँ । तर सबै काम मैले नै हेर्थें । ममा सधैं सिक्नुपर्छ भन्ने भावना जागृत हुन्छ । त्यो अहिलेसम्म पनि कायमै छ जस्तो लाग्छ । बरु म त्यति नेतृत्व क्षमता भएको मानिस भने होइन । खासगरी नेपालमा केही व्यावसायिक संस्थामा आबद्ध रहेँ, ती संस्थामा प्रेसिडेन्ट भने भइनँ । मलाई लाग्छ, प्रेसिडेन्ट हुन विज्ञ भएर मात्र पुग्दैन, त्यसमा नेतृत्व क्षमता पनि चाहिन्छ । त्यो ममा छैन । यो मैले बिस्तारै अनुभव गरेको कुरा हो ।’

अग्रवाल सूर्य नेपालमा पनि जागिरे भए । बु्रअरीको कामबाट फुर्सदिलो भएपछि उनी सूर्य नेपाल गएका हुन् । ‘त्यतिखेर उद्योग वाणिज्य महासङ्घमा म आबद्ध थिएँ । त्यतिखेर मेरो सार्वजनिक गतिविधिका कारण व्यापारीले चिन्न थालेका थिए । सूर्य टोबाकोको चेयरम्यान रामा स्वामीसँग चिनजान भयो र मलाई दुईतीन घण्टा मकहाँ आउनुहोस् भन्नुभयो,’ उनले सूर्य नेपालसँगको आबद्धताको कारण बताए, उनले सूर्य नेपालसँगको आबद्धताको कारण बताए, ‘उद्योग व्यापारका विषयमा छलफल गरियो । त्यसपछि सूर्य टोबाकोमा कन्सल्टेन्ट भएर बस्नुहोस् भन्ने आग्रह आयो । त्यसपछि त्यहाँ काम गरें ।’

यता निम्बसको काम चलिरहेको थियो । यो सुरु भएको तीन चार वर्ष भएको थियो । त्यसमा अग्रवाल सन्तुष्ट थिएनन् । उनमा व्यवसाय अझ बढाउने हुटहुटी थियो । ‘यहीबीचमा युनिलिभरको एजेन्सी पनि हामीले पायौं,’ उनले भने, ‘काम थपिएपछि छोराहरु भने अन्योलमा परे । म जागिरे भएपछि उनीहरुलाई गाइड गर्ने मान्छे भएन । त्यसैले मैले सूर्य टोबाकोको कामबाट पनि पछि हट्ने निर्णय गरेँ ।’

व्यापार थपियो । उद्योगलाई बढाउने सोच उनमा थियो । त्यसैले उनले एकजना भारतीय साथीसँग सल्लाह लिए । उनले एउटा उपाय सुझायो— फिडका लागि काम लाग्ने एउटा वस्तु आयात गरेर त्यसलाई बेच्ने ।

अग्रवालले त्यसलाई यहाँ ल्याएर बेचे पनि । ‘बुझ्दै जाँदा फिड इन्डस्ट्रीबाट केही गर्न सकिने रहेछ भन्ने भयो र हामी यसैमा लागिप¥यौं,’ उनले भने, ‘त्यतिखेर फिड उद्योगमा पाँचसात लाख रुपैयाँ लगानीमा खुलेका उद्योग सञ्चालनमा थिए । तर हामीले जग्गाको मूल्यबाहेक साढे दुई करोडको हाराहारीमा लगानी गरेर निम्बसको सुरुवात ग¥यौं ।’

निम्बस सुरु गरेको १७ वर्ष भइसकेको छ । ‘ठूलो सम्मानप्राप्त उद्योग पनि बनेको छ,’ उनी निम्बसप्रति गर्व गर्दै भन्छन्, ‘यो सफलता प्राप्त गर्नुको एउटा कारण मैले ४६÷४७ वर्ष (१९६७ देखि २०१८)मा सँगालेको अनुभव नै हो । मलाई कहिल्यै पनि लागेन— कुनै वस्तुको प्रतिफल तत्कालै लिइहाल्नुपर्छ । सफलताका लागि केही स्टेप्स हुन्छन् । तिनलाई पार गर्न समय कुर्नैपर्छ ।’
उनी थप्छन्, ‘मैले जीवनमा लामो समय जागिरमा बिताएँ । जागिर गरिरहँदा पनि ममा एक किसिमको उथलपुथल आएको थियो । त्यो उथलपुथल, जीवनमा केही नयाँ गरौं भन्ने नै हो । तर ममा पैसाको आँट भने थिएन । तर आन्ट्रपे्रनरसिप थियो । जिज्ञासुपन थियो । त्यसैकारण म मिहिनेती पनि थिएँ । त्यसमा लागिपरेको थिएँ । म विनयशील थिएँ । सिक्नका लागि आफैंलाई प्रोत्साहित गरिरहेको थिएँ ।

अध्ययनमा विशेष जोड दिने ७३ वर्षीय अग्रवालका सफलताका सूत्र हुन्— धैर्यता र मिहिनेत । ‘आफूलाई सर्वाेपरि ठान्नुहुँदैन,’ उनी अरुलाई पनि विनयशील हुन यसरी सुझाउँछन्, ‘मलाई संस्कृतको एउटा कुरा याद छ । आठ किसिमको गरिमा हुन्छ, त्यसमध्ये एउटा अणिमा भन्ने शब्द छ । त्यसको अर्थ हुन्छ, आफूलाई छोटो राख । त्यसो भयो भने अरुलाई देख्न सकिन्छ । यही गुणले मलाई सधैं सिक्नेतर्फ अभिप्रेरित ग¥यो । यही गुणलाई छोराहरुले पनि लिए । यो १७ वर्षको अवधिमा हामीले जुन सफलता प्राप्त ग¥यौं, त्यसमा मेरो मात्र योगदान छैन । छोराहरु भूमिका महङ्खवपूर्ण छ । मेरो गुण लिएर जसरी छोराहरुले काम गरे, त्यसले हामीलाई सफलता मिलेको हो । संस्कृतमा एउटा उक्ति छ— विद्या ददाति विनयम् विनायाद्याति पात्रताम् (विद्याले विनयशील बनाउँछ । विनयशीलताले नै मानिसलाई सत्पात्र बनाउँछ) ।’

संवादको अन्तिमअन्तिमतिर पनि उनले आफ्नो सफलताको राज खोतलिरहेका थिए—

‘हो, यही उक्तिलाई हामीले अपनाएका छौं । त्यो मेरा दुई छोराहरुमा पनि लागू हुन्छ । उनीहरु हाई प्रोफाइलमा बस्न रुचाउँदैनन् । सादा जीवन मन पर्छ, उनीहरुलाई पनि । यिनै कुराले नै हामीलाई अहिलेको अवस्थामा ल्याइपु¥याएको हो । छोराहरुले पनि ममा भएको आन्ट्रपे्रनर हुन चाहने स्वभाव ग्रहण गरेका छन् ।’

छोरा (आनन्द बगारिया र सुमन बगारिया) र उनमा स्वभाव केही फरक छन् । छोराहरु कुनै कुराको पनि अलि बढी डिटेलमा पुग्छन्, अग्रवाल डिटेलमा पुग्दैनन् । ‘म डिटेलमा जाने गर्दिनँ,’ उनले भने, ‘छोराहरुमा दीर्घकालीन सोच छ । उनीहरुले कुनै भिजनमा भिजेर काम गर्न सक्छन् । मैले पनि छोराहरुकै भिजनमा काम गर्छु, त्यसैले हाम्रो जोडी मिलेको छ । यही कम्बिनेसनले नै हामीलाई यो सफलतामा पु¥याएको हो ।’