फलाेअप: कर छल्ने डाक्टर माथि राजस्व विभागको अनुसन्धान सुरु

‘महालेखाको प्रतिवेदन अध्ययन गरिरहेका छौ, सम्बन्धीत निकायलाई कर फर्छ्याेट लागि भनेका छौ । यदि अटेर गरे कारवाही गर्छौ ।’ डाक्टरले छलि गरेको करको विषयमा राजस्व विभागले छानविन सुरु गरिसकेको छ ।

कर छलेर राज्यलाई करोडौ नोक्सान पु¥याउने डाक्टर माथि आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ । महालेखाको प्रतिवेदनमा ७५ जना डाक्टरले कर छली गरेर राज्यलाई ठूलो नोक्सान पु¥याएको उल्लेख भएपछि उनीहरुमाथि छानविन सुरु भएको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुङ्गेलले कर नतिर्ने डाक्टरहरु माथि छानविन गरी कर असुली गर्ने बताए । ‘महालेखाको प्रतिवेदन अध्ययन गरिरहेका छौ, सम्बन्धीत निकायलाई कर फछ्र्यौटको लागि भनेका छौ, आन्तरिक राजस्व विभागका उप महानिर्देशक ढुङ्गेलले भने, ‘कर नतिर्नेलाई कारवाही गर्छौ ।’ डाक्टरले छलि गरेको करको विषयमा राजस्व विभागले छानविन सुरु गरिसकेको जानकारी दिए ।

अस्पताल सञ्चालक र डाक्टर एकै व्यक्ति हुँदाहुँदै पनि कन्सल्टेन्सीका रुपमा कार्यरत भएको भन्दै नेपालका चर्चित नौ ठूला अस्पतालका ७५ जना डाक्टरले १५ प्रतिशत मात्र कर बुझाएर २० प्रतिशत कर छलिरहेको समचार क्यापिटल नेपालले प्रकाशित गरेपछि विभागले अनुसन्धान सुरु गरेको हो ।

नर्भिक, ग्रान्डी, बी एन्ड बी, ओम, मेडिकेयर, एभरेस्ट, वयोधा, अन्नपूर्ण न्युरो र न्युरो अस्पतालका ७५ जना डाक्टरहरुले ३५ प्रतिशत कर बुझाउनुपर्नेमा कन्सल्टेन्सीबापत भन्दै १५ प्रतिशत कर मात्र बुझाएको पाइएको छ । कर नबुझाउने डाक्टरहरुमा भरत रावत, अशोक बास्कोटा, जगदीशाल वैद्य, भोला रिजाल, उपेन्द्र देवकोटालगायत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।