राणाले बनाउन लागेको होटल करिब २ लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिनेछ । लगानीका हिसाबले हेर्दा यो ठूलो होटल भएको विभागले जानकारी दिएको छ ।
नेपालको सबैभन्दा पुरानो सोल्टी होटलका सञ्चालक प्रभाकरशमशेर राणाले काठमाडौंको रवि भवनमा पाँचतारे होटल निर्माण गर्ने भएका छन् । राणाले पाँच अर्ब ४१ करोड ७० लाख रुपैयाँको लागतमा होटल सिप्रभ्य होटल्स एन्ड रिसोर्ट प्रालि सञ्चालनमा ल्याउन लागेका हुन् । निकट भविष्यमै सञ्चालनमा आउन लागेको होटलमा एक सय ६० रुम हुनेछन् ।
‘काठमाडौंको रवि भवनमा होटल निर्माणका लागि जग्गा व्यवस्था भइसकेको छ,’ स्रोतले भन्यो, ‘अब छिट्टै पूर्वाधार निर्माणको काम सुरु हुन्छ ।’
नेपालमा पर्यटकको सङ्ख्या बढ्दै गएपछि राणाले ठूलो लगानी गरेर नयाँ होटल सञ्चालनमा ल्याउन लागेका हुन् । उद्योग विभागका अनुसार होटल निर्माण गर्न स्थिर पुँजी पाँच अर्ब २१ करोड ७० लाख छ भने कार्य सञ्चालन पुँजी २० करोड छ । होटलमा २ सय ५० जना कामदारले रोजगारी पाउने विभागले जनाएको छ ।
उक्त होटल कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ भने गत २ साउनमा उद्योग विभागमा दर्ता भएको छ । अब पर्यटन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को प्रमाणपत्र पाइसकेकाले निर्माण चररणमा प्रवेश गरेको छ ।
राणाले बनाउन लागेको होटल करिब २ लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिनेछ । लगानीका हिसाबले हेर्दा यो ठूलो होटल भएको विभागले जनाएको छ ।
होटलमा लगानीकर्ताका रुपमा प्रभाकरशमशेर राणा, सिद्धार्थशमशेर राणा र नीलिमा राणा छन् ।