रमिते ट्राफिकले गुडेका सवारीको विजोग

खास गरी काेटेश्वर, जडिबुटी, नयाँबानेश्वर, चाबहिल, कलङ्की, लैनचाैर क्षेत्रमा सवारी साधन लामाे समय जाममा फँसेका छन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घले सिन्डिकेटको पक्षमा गरेको बन्दका कारण काठमाडौं उपत्यकाभित्रका मुख्य चोकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकाे छ । सार्वजनिक यातायातका साधन नचलेपनि ट्राफिक व्यवस्थापन फितलाे हुँदा मुख्य चाेकहरूमा  समस्या देखिएको छ ।

सार्वजनिक यातायात हड्तालकाे दिनमा समृत काेटेश्रवर चाेकमा १५ मिनेट जाममा परिया भन्दै सन्ताेष घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा हाम्राे ट्राफिक व्यवस्थापन कति गजब छ हजुर भनेर सरकारलार्इ व्यङ्रग्य गरेका छन् । खास गरी काेटेश्वर, जडिबुटी, नयाँबानेश्वर, चाबहिल, कलङ्की, लैनचाैर क्षेत्रमा सवारी साधन लामाे समय जाममा फँसेका छन् ।

बन्दका समयमा ट्राफिक व्यवस्थापनभन्दा जनताको शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखी प्रहरी परिचालन गरिएको ट्राफिक व्यवस्थापन महाशाखाका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । ‘ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन दिएका छैनौँ । साथै शान्ति सुरक्षाका विषयमा पनि हामी संवेदनशील भएका छौं,’ उनले भने, ‘जनताले दुःख पाउनु हुन्न भनेर त निरन्तर खटिएका छौँ ।’

सरकार सिन्डिकेट विरुद्ध आक्रमक बन्दै गएको छ । शान्ति शुरक्षा कायम गर्न भन्दै तीन ओटै सुरक्षा संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् । तर, सहरका सबै मुख्य चोकहरुमा तीन ओटै संयन्त्र परिचालन भएको देखिँदैन ।