समाचार


माथिल्लो त्रिशूली थ्री ए काे विद्युत उत्पादन बैशाखबाट

माथिल्लो त्रिशूली थ्री ए काे विद्युत उत्पादन बैशाखबाट

५ चैत्र २०७५, मंगलवार १३:३०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाख (३० अप्रिल २०१९) भित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता,.....

२२ लाखको लगानीमा महिलाहरुले सुरु गरे सामूहिक लसुन खेती

२२ लाखको लगानीमा महिलाहरुले सुरु गरे सामूहिक लसुन खेती

५ चैत्र २०७५, मंगलवार १३:१०

घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै सुरु गरेका हुन् । मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष.....

१०३ किलो गाँजासहित एकजना पक्राउ

१०३ किलो गाँजासहित एकजना पक्राउ

५ चैत्र २०७५, मंगलवार १२:५५

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ स्थित बिर्खे खोलाबाट एकजनालाई प्रहरीले प्रतिबन्धित लागुऔसध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले १०३ किलोग्राम लागुऔषध गाँजासहित राक्सिराङ–९ का २४ वर्षीय पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो । थिङलाई सोमबार राति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको.....

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट अदालतमा हाजिर

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट अदालतमा हाजिर

५ चैत्र २०७५, मंगलवार १२:५०

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोगमा मुद्दा दायर गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट मङ्गलबार बिहान कन्चनपुर जिल्ला अदालतमा हाजिर भएका हुन् । सोही मुद्दामा अन्य ६ जना प्रहरीलाई अदालतले धरौटीमा.....

श्रीलङ्कामा भ्रष्टाचारविरुद्ध पाँच बर्षे अभियान सुरु

श्रीलङ्कामा भ्रष्टाचारविरुद्ध पाँच बर्षे अभियान सुरु

५ चैत्र २०७५, मंगलवार १०:५७

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरु गरेका छन् । । आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । अभियान अन्तर्गत दोषीलाई कानूनी कारबाहीका प्रक्रियाहरु.....

काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

५ चैत्र २०७५, मंगलवार १०:३८

काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौंलयागत अन्य जिल्लामा विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार,.....

एक घन्टाको फरकमा दुई पटक भूकम्पको धक्का

एक घन्टाको फरकमा दुई पटक भूकम्पको धक्का

५ चैत्र २०७५, मंगलवार १०:३५

बैतडी। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत.....

अवैध सुनसहित चार पक्राउ

अवैध सुनसहित चार पक्राउ

५ चैत्र २०७५, मंगलवार ०९:२५

काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई.....

सिन्धुलीमा ४८ परीक्षार्थी एसइई दिन वञ्चित

सिन्धुलीमा ४८ परीक्षार्थी एसइई दिन वञ्चित

५ चैत्र २०७५, मंगलवार ०८:४१

सिन्धुली। यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन्। नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा.....

सिके राउतको गठबन्धको नाम फेरियो

सिके राउतको गठबन्धको नाम फेरियो

५ चैत्र २०७५, मंगलवार ००:३३

लहान। सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र.....