समाचार


पोखरामा प्याराग्लाइडिङ दुर्घटना, २ विदेशी घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, २ विदेशी घाइते

५ चैत्र २०७५, मंगलवार १८:१९

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना हुदा २ जना विदेशी नागरिक घाइते भएको जानकारी दिए । घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको.....

दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट बैशाख दुई गतेबाट

दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट बैशाख दुई गतेबाट

५ चैत्र २०७५, मंगलवार १८:१३

काठमाडौं । आईएमई ग्रुपले आगामी बैशाख २ देखि ७ गतेसम्म ‘दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्दैछ । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजना हुनेछ । तीन लाख २६ हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रत्योगितामा देशभरबाट १५० प्रतिस्पर्धीहरु सहभागी गराउने अपेक्षा आयोजकले.....

सामसुङले लन्च गर्यो मिड रेन्जको ग्यालेक्सी ए२०, यस्ता छन् फिचर

सामसुङले लन्च गर्यो मिड रेन्जको ग्यालेक्सी ए२०, यस्ता छन् फिचर

५ चैत्र २०७५, मंगलवार १८:०४

एजेन्सी । सामसुङले नयाँ मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी ए२० रसियामा लन्च गरेको छ । यसको मूल्य रसियामा १३, ९९० रुबल तोकिएको छ । कम्पनीले हालसम्म यो स्मार्टफोनको ग्लोबल उपलब्धताबारे केही खुलासा गरेको छैन । यस उपकरणका प्रमुख फिचर भनेका ६.४ इन्च सुपर एमोलेड डिस्प्ले, एक्जाइनस ७८८४ प्रोसेसर, ड्युएल रियर.....

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

५ चैत्र २०७५, मंगलवार १६:४१

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारबाही.....

झापा र मोरङ्गमा प्रभु बैङ्कको शाखा विस्तार

झापा र मोरङ्गमा प्रभु बैङ्कको शाखा विस्तार

५ चैत्र २०७५, मंगलवार १६:१७

काठमाडौं । प्रभु बैङ्क लिमिटेडले झापा र मोरङमा आफ्नो शाखा विस्तार गरेको छ । झापाको चन्द्रगढी नगरपालिका वडा नम्बर ७ मा र मोरङ्गको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा मंगलबार नयाँ शाखकार्यालय विस्तार गरेको हो । झापाको चन्द्रगढीस्थित प्रभु बैङ्कको शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले.....

यूएईले आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्ने

यूएईले आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्ने

५ चैत्र २०७५, मंगलवार १५:५६

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)ले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २२५ रोजगारी सिर्जना गरिएको जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा छ हजार ८६२ ले बढी.....

गरिबी र बेरोजगारी हटाउन ठूलो चुनौति छः मन्त्री अर्याल

गरिबी र बेरोजगारी हटाउन ठूलो चुनौति छः मन्त्री अर्याल

५ चैत्र २०७५, मंगलवार १५:४३

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्न गरिबी निवारण सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् । अमेरिका अध्ययन भ्रमणबाट फर्किएका नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्‍नाई नेटवर्क (नुसाल)ले मंगलबार आयोजना.....

‘प्रतिबन्ध’ घोषणा गरेयता विप्लवका १७ नेता कार्यकर्ता पक्राउ

‘प्रतिबन्ध’ घोषणा गरेयता विप्लवका १७ नेता कार्यकर्ता पक्राउ

५ चैत्र २०७५, मंगलवार १४:३०

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ.....

योजना बनेको ४४ वर्ष बित्यो तर, अझै सडक बनेन

योजना बनेको ४४ वर्ष बित्यो तर, अझै सडक बनेन

५ चैत्र २०७५, मंगलवार १४:१७

नारायणपुर । दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण प्रक्रिया सुरु भएको थियो । पञ्चायतको अन्त्यपछि देश बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि यो सडक पूरा भएको छैन । विसं २०३१ असारतिर तत्कालीन निर्माण तथा यातायात.....

पदयात्रा पर्यटनमा हिमपातको प्रभाव

पदयात्रा पर्यटनमा हिमपातको प्रभाव

५ चैत्र २०७५, मंगलवार १३:४५

पोखरा । अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटन क्षेत्र प्रभावित भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गसहितका क्षेत्रमा माघको दोस्रो सातायता विभिन्न समयमा परेको अत्यधिक हिमपातका कारण यो क्षेत्र प्रभावित भएको हो । पदयात्रा पर्यटनको दोस्रो मौसम (मार्च) अप्रिल र मे सुरु भइसक्दा पनि पर्यटकको सङ्ख्या भने उत्साहजनक.....