लम्की । स्थानीय तहमा स्वास्थ्य सेवा आएपछि स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा औषधि पर्याप्त पाउन थालिएको छ । संविधानमा आधारभूत स्वास्थ्य सेवा स्थानीय तहले दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार स्थानीय तहले स्वास्थ्य एकाइ, सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा आवश्यक औषधि, पूर्वाधार, जनशक्तिलगायत.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधिमा जोड्न यो योजना सुरु गरेको हो । योजनाअनुसार.....
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन–२०७५’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन् । त्यसैगरी मन्त्री ढकालले ‘नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५.....
डडेल्धुरा । डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम सुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई.....
रोल्पा । ‘दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’ रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन्। सोही नगरपालिका–२ निवासी हुकुम कवरसँग २०७५ साल असारमा प्रेम विवाह.....
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन् । स्थानीयवासी एकबहादुर रानाले फोहर.....
स्याङ्जा । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो । चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी.....
सिन्धुली । जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् । ५० प्रतिशत अनुदानमा साना मेशिनरी तथा कृषि औजार उपकरण वितरण कार्यक्रममार्फत् जुनार सुपरजोनले कार्यक्रम.....
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। समितिको आइतबारको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक.....
चितवन । नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको.....