समाचार


स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

२ जेष्ठ २०७६, बिहीबार १२:२६

खोटाङ । खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको.....

कर्णाली सरकारको राजस्व सङ्कलन न्यून, १० महिनको अवधिमा मात्रै १३ करोड उठ्यो

कर्णाली सरकारको राजस्व सङ्कलन न्यून, १० महिनको अवधिमा मात्रै १३ करोड उठ्यो

२ जेष्ठ २०७६, बिहीबार १०:४८

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म १३ करोड मात्र राजस्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजस्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आव ०७५/७६ मा ५० करोड राजस्व सङ्कलन.....

काभ्रेपलाञ्चोकका चार अवैधानिक ‘खानी’ बन्द

काभ्रेपलाञ्चोकका चार अवैधानिक ‘खानी’ बन्द

२ जेष्ठ २०७६, बिहीबार १०:३७

काभ्रेपलाञ्चोक । जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो । समितिद्वारा गठित प्राविधिक उपसमितिको.....

सरोकारवाला भन्छन्ः भ्रमण वर्ष सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा जरुरी छ

सरोकारवाला भन्छन्ः भ्रमण वर्ष सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा जरुरी छ

२ जेष्ठ २०७६, बिहीबार १०:२४

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक.....

रुकुममा यार्साको सुरक्षा र निगरानीका लागि २०० बढी युवा परिचालन

रुकुममा यार्साको सुरक्षा र निगरानीका लागि २०० बढी युवा परिचालन

२ जेष्ठ २०७६, बिहीबार ०९:१२

रुकुम । रुकुम पूर्वको पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्ने याम सुरु भएसँगे यार्साको चोरी निगरानीका लागि स्थानीय युवा परिचालन गरिएको छ । सिजन व्यवस्थापन समितिले उम्रिसकेको यार्सालाई चोरबाट जोगाउन र बुकीको अवस्थाबारे बुझ्न युवाहरूलाई त्यसतर्फ पठाएको हो ।समितिका अनुसार.....

तनहुँ वितरण केन्द्रले उठायो एक करोड २३ लाख बक्यौता, विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही

तनहुँ वितरण केन्द्रले उठायो एक करोड २३ लाख बक्यौता, विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही

२ जेष्ठ २०७६, बिहीबार ०८:४३

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ । चालू आर्थिक वर्ष २०७५र७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो । सात सय ५८ ग्राहकले विद्युत्.....

बलात्कारको अभियोगमा तीन पक्राउ

बलात्कारको अभियोगमा तीन पक्राउ

१ जेष्ठ २०७६, बुधबार १७:५८

भक्तपुर । एकै साता तीन किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई.....

सिसाखानीमा पानीको सङ्कट

सिसाखानीमा पानीको सङ्कट

१ जेष्ठ २०७६, बुधबार १७:३०

बागलुङ । हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन । भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री.....

सात सय हेक्टरमा डढेलो

सात सय हेक्टरमा डढेलो

१ जेष्ठ २०७६, बुधबार १७:१२

घोराही । यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । पचास हेक्टर बढी जङ्गलमा आगलागी हुँदा वनमा स–साना बिरुवा जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूहअन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका सदस्य तथा वन सहजकर्ता.....

राष्ट्रिय वाणिज्य बैङ्कको दरबारमार्ग शाखामा लकर सेवा सुरु

राष्ट्रिय वाणिज्य बैङ्कको दरबारमार्ग शाखामा लकर सेवा सुरु

१ जेष्ठ २०७६, बुधबार १७:०२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले दरबारमार्गस्थित शाखा कार्यालयमा बुधबारबाट सेफ डिपोजिट लकर सेवाको शुभारम्भ गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गीता थापा मगरलाई लकरको.....