अछाम । अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन.....
पर्वत । सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गरेका छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले.....
मोरङ । हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो । चट्याङका कारण सिंहका परिवारका सदस्य.....
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्री ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । बिहान दश बजेको समयमा हाइड्रोपावरको मर्मत लगायतको काम भइरहेको थियो । त्यसै क्रममा थ्री ए लाइनको टावरमा तार टाङ्ने काम.....
चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए । सरकार प्रेसप्रति.....
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा बुधबारबाट काठमाडौंमा नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको आयोजना गर्ने बताएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार गर्नेछन्.....
काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया सुरु भएको छ । विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक पटक बन्द गर्न.....
चितवन । चितवनमा यस वर्ष एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने भएको छ । माछापालनका लागि प्रोत्साहन गर्न भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको माछा ब्लक र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमबाट एक सय हेक्टर नयाँ माछा पोखरी निर्माण हुन लागेको हो । ब्लक कार्यक्रमअन्तर्गत माछापालक.....
नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गरेका छन् । प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय.....
अरब देशको दातृ निकाय ‘कतार च्यारिटी’ले नेपालका विभिन्न जिल्लामा गरीब तथा विपन्न परिवारको आयआर्जन विकासमा सहयोग गर्दै आएको छ । पछिल्लो एक वर्षमै उक्त संस्थाले सीप विकाससँगै आयआर्जनका कार्यक्रम सयौँ गरीब तथा विपन्न समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ । रमजानको महिना पारेर ‘रमजान फुड प्याकेट.....