फिक्कल । इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ । उनी ६३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गरे । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर थिए । यसैगरी सङ्घको वरिष्ठ.....
भद्रपुर । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको.....
एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा पाँचतारे होटलमा तीन जनाको सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो समूहले आक्रमण गरेको जाभेर पर्ल कन्टिनेन्टल होटल अर्बौँ डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्त्वको बन्दरगाह सहर ग्वादारमा पर्छ। होटलका.....
दमौली । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन । विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन.....
बलेवा । अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् । रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला.....
झापा । झापाको कनकाई नदीको पुलमा आइतबार बिहान भेटिएको शङ्कास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि भएको छ । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए.....
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाएकी हुन् । बृद्धा बस्नेतले २००१.....
काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिकामा समुदायमा आधारित आपतकालीन (विपत्) प्रतिकार्य तालीम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले समुदायमा आधारित समावेशी जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाको दुई वडाका समुदायलाई एकहप्ते सो तालीम सुरु गरिएका जिल्ला सभापति रघुवर.....
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले एक लाख ५० हाजार रुपैयाँमा सो काम पूरा गरेका.....