समाचार


त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण सुरु

त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण सुरु

३० बैशाख २०७६, सोमबार १०:३१

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य सुरु भएको छ । नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै दश करोड बजेटबाट यस.....

पांग्राविनै यसरी विमान अवतरण भयो

पांग्राविनै यसरी विमान अवतरण भयो

३० बैशाख २०७६, सोमबार १०:१०

एजेन्सी । म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो। इम्ब्राअर १९० मोडलको उक्त विमानमा ८९ यात्रु सवार थिए। विमानलाई कुशलतापूर्वक.....

असिना पानीसँगै परेको चट्याङले ८ जना गम्भीर

असिना पानीसँगै परेको चट्याङले ८ जना गम्भीर

३० बैशाख २०७६, सोमबार ०९:४९

खोटाङ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते.....

सरोकारवालाहरु भन्छन्– उपत्यका विकासका लागि एकीकृत अवधारणा बनाउ

सरोकारवालाहरु भन्छन्– उपत्यका विकासका लागि एकीकृत अवधारणा बनाउ

३० बैशाख २०७६, सोमबार ०९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले जोड दिएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौं उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले.....

सुनसरीका बाढी पीडितका लागि १ करोड ५० लाखमा नमूना बस्ती बन्दै, २५ घरको शिलान्यास

सुनसरीका बाढी पीडितका लागि १ करोड ५० लाखमा नमूना बस्ती बन्दै, २५ घरको शिलान्यास

३० बैशाख २०७६, सोमबार ०९:०७

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा.....

भियतनामको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

भियतनामको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

३० बैशाख २०७६, सोमबार ०८:५७

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली  यही वैशाख २६ गते भियतनाम गएका थिए । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी.....

पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

२९ बैशाख २०७६, आईतवार १८:२९

दमौली । तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् । गुफाको प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिन सकिए आन्तरिक तथा बाह्य.....

राष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य

राष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य

२९ बैशाख २०७६, आईतवार १७:१३

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–मधेश.....

दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

२९ बैशाख २०७६, आईतवार १५:३२

काठमाडौं । दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराएर उनी विजयी भएका हुन् । श्रेष्ठले ४ सय ३ मत ल्याएका छन् भने कार्कीले ३ सय ६७ मत ल्याएका हुन् । श्रेष्ठलाई नेपाली काङ्ग्रेसले समर्थन गरेको थियो भने कार्कीलाई नेकपाले.....

दर्ज्यानी चिह्न प्रदान

दर्ज्यानी चिह्न प्रदान

२९ बैशाख २०७६, आईतवार १५:१०

काठमाडौँं । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी.....