नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए.....
बाहिरी चक्रपथ निर्माण गर्न चिनियाँ कम्पनी इच्छुक देखिएको छ । चीनको चाइना रेलवे इन्जिनियरिङ कन्सल्टेन्ट ग्रुपले लगानी गर्न इच्छा देखाएको हो । लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनी लगानी गर्न इच्छुक देखिएको बाहिरी चक्रपथअन्तर्गत उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत.....
चरिकोट खाडीचउर सडकखण्डको मर्मत गर्न दोलखा उद्योग वाणिज्य सङ्घले सरकारलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सडक निर्माणको नाममा ठेकेदारले सडक भत्काएर मात्र राखेको र जनतालाई सास्ती दिएको भन्दै उद्योग वाणिज्य सङ्घ दोलखा आन्दोलित भएको हो । सडकको खाल्डाखुल्डीका कारण वर्षा याममा आवत जावतमा समस्या भएको.....
काठमाडौँ– आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप.....
म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ । नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टीबीएसयु)को.....
आगामी एक हप्ताभित्र ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि कम्पनी छनोट हुने भएको छ । यसअघि धराहरा निर्माणका लागि बोलपत्र आह्वान गर्दा विभिन्न ६ कम्पनीहरुले आवेदन दिएका थिए । आवेदन दिएका कम्पनीहरुमध्ये ५ ओटा कम्पनी प्राविधिक प्रस्ताव योग्य देखिएकाले तिनीहरुको आर्थिक प्रस्तावका आधारमा छनौट गरिने राष्ट्रिय.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बुधबार बिहान बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा.....
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे.....
सरकारले छिमेकी राष्ट्र भारत र चीनसँग विद्युत् लेनदेन गर्न उच्च क्षमताका ८ ओटा प्रसारण लाइन निर्माण गर्ने भएको छ । चार सय केभी क्षमताका उक्त प्रसारण लाइन भारततर्फ ६ ओटा र चीनतर्फ २ ओटा निर्माण हुने भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी दश वर्षमा आन्तरिक खपत १० हजारसहित १५ हजार.....
पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम.....