राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी निर्देशक(सीईओ) विहीन रहँदा पुनर्निर्माणका काम प्रभावित भएका छन् । केपी शर्मा ओली नेतृत्व सरकारले पूर्वसरकारले गरेका राजनीतिक नियुक्ति तथा निर्वाचन हुनुभन्दा अगाडि भएका नियुक्ति खारेज गरेसँगै प्राधिकरणका सीईओबाट युवराज भुषाल हटेका थिए । प्राधिकरण.....
तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनी छनोट गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी कोपरेटिभ मुरातोरी एन्ड सिमेन्टिटी (सीएमसी) छनोट भएको.....
जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले.....
नेपाललाई उत्तरी छिमेकी मुलुक चीनसँग विद्युत् लेनदेन गर्न रातमाटेमा बनाइने सबस्टेसनलाई देशकै ठूलो विद्युत् हब बनाइने भएको छ । गल्छी—रसुवागढी—केरुङ चार सय केभी प्रसारण लाइनलाई एकैठाउँमा जोड्नेगरी अन्य उच्च क्षमताका आठ ओटा प्रसारण लाइन जोड्नगरी सबैभन्दा ठूलो विद्युत् हब बनाउन लागिएको हो । गल्छीदेखि.....
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १२ वर्षपछि पूर्ण रुपमा विद्युतीय सवारीहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले अहिले पनि यातायात क्षेत्रमा सिन्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले.....
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार.....
लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ । व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन् । व्यवसायीको निवेदनमाथिकोे सुनुवाइपछि अदालतले १५.....
रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ । अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २००.....
दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ अाेटा झोलुङ्गे पुलबाट दुई हजार पाँच सय घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको छ । रघुगङ्गा गाउँपालिका–१ मा जिल्ला प्राविधिक.....
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानुनी प्रावधान छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको.....