समाचार


झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

८ कार्तिक २०७५, बिहीबार १०:०२

अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय.....

युवतीको प्रयोग गरेर व्यापारीकाे चरित्र हत्या गरी रकम असुल्ने पक्राउ

युवतीको प्रयोग गरेर व्यापारीकाे चरित्र हत्या गरी रकम असुल्ने पक्राउ

७ कार्तिक २०७५, बुधबार १५:४९

युवतीको प्रयोग गरेर व्यापारीकाे चरित्र हत्या गरी रकम असुल्ने दुई जना पक्राउ परेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्बर ८ घर भएका ३१ वर्षीय बद्रिनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ४ घर भएकी २५ वर्षीया इन्दिरा उप्रेतिलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका.....

सय सवारीसाधनलाई कारवाही,७० हजार राजस्व अशुल

सय सवारीसाधनलाई कारवाही,७० हजार राजस्व अशुल

७ कार्तिक २०७५, बुधबार १३:४८

ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताए.....

न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ

न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ

७ कार्तिक २०७५, बुधबार १३:१०

दाङको गढवा गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कुल ९५ उजुरी दर्ता भएका छन् । न्यायिक समितिका सदस्य कमला नेपालीले गत असारसम्म ८२ अाेटा र साउनदेखि कात्तिक ६ गतेसम्म १३ अाेटा गरी जम्मा ९५ अाेटा विवाद आएका बताइन् । समितिका सदस्य नेपालीका अनुसार न्यायिक समितिमा आएका विवादमध्ये ६५ अाेटा विवाद मिलाइसकेको.....

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

७ कार्तिक २०७५, बुधबार १२:५९

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्यान्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो.....

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

७ कार्तिक २०७५, बुधबार १२:४८

यातायात व्यवस्था कार्यालय राप्ती दाङले करिब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताए । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले.....

प्रहरी प्रवक्तामा सुवेदी

प्रहरी प्रवक्तामा सुवेदी

७ कार्तिक २०७५, बुधबार १२:०८

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी.....

देवघाटमा पार्कसहित शिव मूर्ति बन्दै

देवघाटमा पार्कसहित शिव मूर्ति बन्दै

७ कार्तिक २०७५, बुधबार ११:५६

धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ । नारायणी नदीबाट जल तानेर.....

नार्कका मजदुर आन्दोलित

नार्कका मजदुर आन्दोलित

७ कार्तिक २०७५, बुधबार ११:१४

ज्याला वृद्धिको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क)मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् । सरकारले तोकेको न्यूनतम तलब नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भए बमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका.....

बाह्र सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

बाह्र सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

७ कार्तिक २०७५, बुधबार १०:५५

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ । दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिए । जीर्णोद्धारका लागि पुरातत्व विभाग,.....