धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको दहचोकस्थित इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएकाले यहाँ सर्वसाधारणको आकर्षण बढेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्छ । मेला.....
ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान सुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको.....
पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयवासीले फिदिम नगरपालिकालाई निःशुल्क प्रदान गरेका हुन् । रङ्गशाला निर्माणको लागि सामान्यतः नौदेखि.....
सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करिब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठ अाेटा पसल डुबानमा परेका छन् । यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ.....
विगत तीन वर्षदेखि नेपालका भूकम्पपीडित बालबालिकाका लागि आश्रय, दिदी बहिनीका लागि सिलाई केन्द्र तथा भोकेसनल ट्रेनिङ केन्द्र जस्ता परोपकार गर्दै सेवा, शिक्षा र साधनाको ज्वलन्त उदाहरण बन्न सफल अन्तर्राष्ट्रिय संस्था विरायतन नेपालद्वारा थापाथलीस्थित विपन्न बस्तीमा प्रौढ शिक्षा केन्द्रको शुभारम्भ गरियो.....
नेपालीको महान् चाड दसैंमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात.....
पत्रकार दिलीप पौडेललाई नयाँ विश्व पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिने भएको छ । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डट कम अनलाइनको पहिलो वार्षिकोत्सवको अवसरमा पौडेललाई सो पुरस्कार प्रदान तथा सम्मान गरिने भएका हो । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै.....
केही समय पहिला सिराहाकी सरिता राम ज्याला मजदुरी गरेर दैनिक चलाउँथिन् आफ्नो परिवार धान्न ज्यालामजदुरीले पनि धेरै दिन गर्न सकिनन्। कहिल्यै घरभन्दा बाहिर ननिसक्ने दलित महिला आज काठमाडौँ आयोजित एक कार्यक्रममा उत्साहित भएर अगाडी गएर ढुक्कले बोलिन् । राष्टिय कृषक समुह महासंघको पाँचौ लेखाजोखा कार्यक्रमका.....
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको उद्घाटन गर्दै उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै.....
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ । तेस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब एक अर्ब रूपैयाँबराबरको भौतिक एवम् चिकित्सकीय उपकरण अस्पताललार्इ प्रदान गरेको.....