हिमालयन एयरलायन्सलाई पनि टेन्डरविनै जग्गा

प्राधिकरणले हिमालयन एयरलायसन्सलाई १५९६ वर्गमीटर जग्गा प्रतिवर्गमीटर ६ सय प्रतिबर्षका दरले दिने सम्झौता गरेको छ । प्राधिकरणले विना प्रतिस्पर्धा जग्गा हिमालय एयरलायन्सलाई दिएपछि अख्तियारमा उजुरी परेको थियो । उजुरी नम्बर ४८२३ रहेको पत्रमा प्राधिकरणको महानिर्देशक संजीव गौतमले नियमविपरित जग्गा उपलब्ध गराएको र त्यसमा ठूलो आर्थिक चलखेल रहेको आरोपसमेत रहेको छ । त्यहि विषयमा अख्तियारले छानविन गरेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको स्वामित्वमा रहेको एयरपोर्टभित्रैकै जग्गा नियमविपरित विना प्रतिस्पर्धा हिमालयन एयरलायन्सलाई दिएको खुलेको छ ।

प्राधिकरणका महानिर्देशक संजीव गौतमको पहलमा जग्गा विना प्रतिस्पर्धा भाडामा उपलब्ध गराएको विषयमा अख्तियारले छानविनसमेत गरेको खुलेको हो । गौतमले प्राधिकरणको बोर्ड बैठकमा प्रस्ताव लगेर जग्गा विना प्रतिस्पर्धा दिएपछि अख्तियारले छानविन गरि नियमसंगत नभएको भन्दै प्राधिकरणलाई सचेतसमेत गराएको छ ।

गौतमकै पहलमा सिनामंगलस्थित प्राधिकरणको जग्गा बेद उप्रेती ट्रस्टलाई दिएपछि अरु जग्गा पनि नियमविपरित भाडामा दिएको खुलासा भएको हो । प्राधिकरणले हिमालयन एयरलायसन्सलाई १५९६ वर्गमीटर जग्गा प्रतिवर्गमीटर ६ सय प्रतिबर्षका दरले दिने सम्झौता गरेको छ । प्राधिकरणले विना प्रतिस्पर्धा जग्गा हिमालय एयरलायन्सलाई दिएपछि अख्तियारमा उजुरी परेको थियो । उजुरी नम्बर ४८२३ रहेको पत्रमा प्राधिकरणको महानिर्देशक संजीव गौतमले नियमविपरित जग्गा उपलब्ध गराएको र त्यसमा ठूलो आर्थिक चलखेल रहेको आरोपसमेत रहेको छ । त्यहि विषयमा अख्तियारले छानविन गरेको हो ।

छानविनपछि अख्तियारले तत्काल जग्गा भाडामा दिने विषयमा टेन्डर आह्वान गरेर बढाबढ प्रक्रियामा दिनका लागि प्राधिकरणलाई निर्देशनसमेत दिएको छ । प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार जग्गा भाडामा दिदा टेण्डर आह्वान गरि बढाबढ प्रक्रियामा गएर गर्नुपर्ने उल्लेख छ । नियमावलीको अनुसूची १५ मा ‘नागरिक उडड्यन, पर्यटन वा व्यापारिक प्रयोजनको लागि प्रतिवर्ष प्रतिवर्गमिटर न्युनतम छ सय रुपैयाँमा बढाबढ प्रक्रियाद्धारा निर्धारित दरमा’ भन्ने उल्लेख छ । अख्तियारले नियमविपरित भएकाले नियममा भएको व्यवस्था परिपालना गर्न प्राधिकरणलाई सचेत गराएको हो । प्राधिकरणका महानिर्देशक गौतमले अख्तियारले नियममा रहेर निर्णय गर्न भन्दै पत्र काटेको बताए । पहिला एयरलायन्सलाई दिदा नियमावली आकर्षित नहुने कुरा थियो । अहिले अख्तियारले पत्र काटेपछि नियम संशोधनको प्रक्रियामा रहेको बताए ।

बेद उप्रेती ट्रस्टका विषयमा गौतमले नयाँ अवधारणा र ट्रस्ट भएकाले प्राधिकरणले सहकार्य गरेर एभिएसन म्युजियम खोल्नका लागि टेन्डर आह्वान नगरिएको दाबी गरे । तर नियमावलीमा गौतमले दावी गरेअनुसार सहकार्य गरेर खोल्दा वा ट्रस्टलाई जग्गा भाडामा दिँदा टेन्डर आह्वान गर्न नपर्ने कहि उल्लेख छैन । यसअघि प्राधिकरणको स्वामित्वमा रहेको एयरपोर्टको जग्गा भाडामा दिँदा टेण्डर आह्वान गरी मन्त्रीपरिषदले निर्णय गरेर उपलब्ध गराएको थियो ।

एयरपोर्टभित्र बनिरहेको पार्किङलगायत फुडकोर्ट भवनको जग्गा उपलब्ध गराउँदा टेण्डर आह्वान गरि मन्त्री परिषदले निर्णय गरेको थियो । पछिल्लो पटक एयरपोर्टको अर्काे जग्गामा होटल निर्माणका लागि भाडामा दिनका लागि पनि सरकारले टेण्डर आह्वान गर्ने निर्णयसमेत गरेको छ