त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे दाेस्राे सुधार, थप ४ नयाँ पार्किङस्थल बनाउने काम सुरू

अहिले दक्षिणपट्टि दुई ओटा र पूर्वपट्टि दुई ओटा नयाँ पार्किङ बन्न लागेको हो । ‘नयाँ चार ओटा पार्किङ बन्ने वित्तिकै अहिले भइरहेको चापलाई धेरै कम गर्न सकिन्छ,’ उनले भने, ‘सकेसम्म छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने गरी काम सक्छौं ।’ विमानस्थलमा हाल ११ ओटा पार्किङस्थल छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ४ ओटा नयाँ पार्किङस्थल (एप्रोन) थपिने भएको छ । जहाजको सङ्ख्या बढ्दै गएको र पार्किङस्थल कम हुन थालेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ पार्किङ बनाउन लागेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आगामी आठ महिनाभित्र काम सक्ने गरी निर्माण कार्य सुरु गरेको जानकारी दिए । ‘नेपालमा ३० ओटा अन्तर्राष्ट्रिय जहाजले दैनिक उडान भरिरहेका छन्,’ उनले भने, ‘तर, पार्किङ गर्ने ठाउँ एकदमै कम भएकाले नयाँ बनाउन लागिएको हो ।’

उनका अनुसार अहिले दक्षिणपट्टि दुई ओटा र पूर्वपट्टि दुई ओटा नयाँ पार्किङ बन्न लागेको हो । ‘नयाँ चार ओटा पार्किङ बन्ने वित्तिकै अहिले भइरहेको चापलाई धेरै कम गर्न सकिन्छ,’ उनले भने, ‘सकेसम्म छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने गरी काम सक्छौं ।’ विमानस्थलमा हाल ११ ओटा पार्किङस्थल छन् । तीमध्ये ९ अाेटामा ठूला र २ अाेटामा साना जहाजह पार्किङ हुने गरेका छन् । विमानस्थलले बनाउन लागेको नयाँ पार्किङ अन्तर्राष्ट्रिय जहाजलाई पार्किङ गर्न बनाउन लागिएको हो ।

सोबीचमा महाप्रबन्धक क्षेत्रीले विमानस्थलको आन्तरिक टर्मिनलतर्फ यात्रुको चाप थेग्ने गरी १ हजार ओटा नयाँ कुर्सी थापिएको बताए । यस्तै सेन्ट्रल एसीको मर्मत गरी सञ्चालनमा ल्याइएको, डोमेस्टिकमा लगेज लिने ठाउँ बढाइएको, लगेज लिने र यात्रु हिँड्ने ठाउँ छुट्टाछुट्टै बनाइएको, डोमेस्टिकमा रहेको स्मोकिङ जोन हटाएर बस्ने ठाउँ बनाइएको छ, महाप्रबन्धक क्षेत्रीले भने ।