पर्यटन बोर्डले सार्वजनिक गर्यो चिनियाँ भाषाको वेबसाइट

पर्यटनमन्त्री अधिकारीले १ सय दिनको कार्यक्रम सार्वजनिक गर्दै चिनियाँ भाषाको वेबसाइट बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुरुप बोर्डले वेबसाइट निर्माण गरेको हो । २०२० भित्रमा नेपालमा १५ लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल बनाउन बोर्ड लागिरहेको हो ।

नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सार्वजनिक गरेको छ । चिनियाँ भाषामा नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी चिनियाँ पर्यटक भित्र्याउन बोर्डले वेबसाइट निर्माण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु हङले संयुक्त रुपमा वेबसाइटको उद्घाटन गरेका छन् । चिनियाँ भाषाको वेबसाइट सार्वजनिक गर्दै मन्त्री अधिकारीले चिनियाँ पर्यटक भित्र्याउन यसले महत्त्वपूर्ण सहयोग पु¥याउने उल्लेख गरे । नेपालका पर्यटकीय क्षेत्रहरुबारे चिनियाँ भाषाबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ वेबसाइट सार्वजनिक गरिएको मन्त्री अधिकारीको भनाइ छ ।

पर्यटनमन्त्री अधिकारीले १ सय दिनको कार्यक्रम सार्वजनिक गर्दै चिनियाँ भाषाको वेबसाइट बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुरुप बोर्डले वेबसाइट निर्माण गरेको हो । २०२० भित्रमा नेपालमा १५ लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल बनाउन बोर्ड लागिरहेको हो ।

नेपालमा चिनियाँ पर्यटक आउने क्रम बढेसँगै सरकारले दुवै भाषामा वेबसाइट बनाउने तयारी थालेको छ । नेपालमा २०१७ मा चीनबाट मात्रै एक लाख १५ हजार पर्यटक भित्रिएका थिए ।