अपर तामाकोसीको सेयर जारी गर्न धितोपत्र बोर्डले दियाे स्वीकृति

कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता (१०५) आयोजना प्रभावित स्थानीयलाई र १ करोड ५८ लाख ८५ हजार कित्ता (१५५) सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर निस्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । आयोजना निर्माण कम्पनी अपर तामाकोसी हाइड्रोपावरलाई कुल २ करोड ६४ लाख ७५ हजार कित्ता आर्इपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता (१०५) आयोजना प्रभावित स्थानीयलाई र १ करोड ५८ लाख ८५ हजार कित्ता (१५५) सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो ।

तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले सेयर जारीको लागि बाटो खुलेको भन्दै केही समय भित्रै जारी गर्ने बताए । दोलखाबासीहरुले मात्र १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर लिन पाउने छन् । नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर हुनेछ । तीमध्ये कर्मचारी सञ्चय कोषको सेयर जारी भइसकेको छ ।

२०७१ सालमा तत्कालीन जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको जनसङ्ख्या २ लाख ८२ हजार १ सय २५ छ । त्यसमध्ये अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसङ्ख्या १ लाख ९५ हजार ६ सय ९४ छ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजना अन्तिम चरणमा पुग्न लाग्दा समेत स्थानीयलाई सेयर जारी नगरेको भन्दै चौतर्फी विरोध भएको थियो ।