निजी क्षेत्रको प्रस्ताव ‘पर्यटन पूर्वाधार बनाउने जिम्मा हामीलाई दिनुहोस्,’

सरकारले २०३० भित्रमा ५० लाख पर्यटक नेपाल भित्राउने घोषणा गरेपछि निजी क्षेत्रले आवश्यक पूर्वाधार बनाउन प्रस्ताव अघि सारेको हो । ‘आवश्यक पर्यटकीय पूर्वाधार बनाउन निजी क्षेत्र तयार छ’ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘सरकारले जिम्मा मात्र दिए हुन्छ’ ।

नेपालमा पर्यटन पूर्वाधारको अभाव भइरहेका बेला निजी क्षेत्रले सातै प्रदेशमा ठूला पूर्वाधार बनाउने प्रस्ताव अघि सारेको छ । सरकारले २०३० भित्रमा ५० लाख पर्यटक नेपाल भित्राउने घोषणा गरेपछि निजी क्षेत्रले आवश्यक पूर्वाधार बनाउन प्रस्ताव अघि सारेको हो । ‘आवश्यक पर्यटकीय पूर्वाधार बनाउन निजी क्षेत्र तयार छ’ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘सरकारले जिम्मा मात्र दिए हुन्छ’ ।

चन्द्रागिरी हिल्स र आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रलाई पूर्वाधार निर्माणको लागि आवश्यक वातावरण सरकारले बनाइदिए सबै प्रदेशमा केवलकार र पाँच तारे होटलहरु निर्माण गर्न तयार रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजीक्षेत्रलाई साथमै लिएर आफु अघि बढ्ने बताएका छन् । ‘तपाईहरु नियमित रुपमा सरकारलाई कर बुझाउनुस्,’ मन्त्री अधिकारीले भने, ‘तपाईहरुले ल्याएको योजना म स्वीकृत गरिदिन्छु’ । निजी क्षेत्रको सहयोग विना पर्यटकीय क्षेत्रको विकास सम्भव छैन, त्यसैले पर्यटन पूर्वाधार निर्माणको लागि सातै प्रदेशका पर्यटन मन्त्री र पर्यटन व्यवसायीबीच छिट्टै भेला गराउछु,’ मन्त्री अधिकारीले भने ।

पर्यटन क्षेत्रको विकासमा राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाको भुमिकालाई स्मरण गराउदै मन्त्री अधिकारीले भने, ‘हामी नयाँ होइनौं, पुरानै हौं, तर पर्यटनको विकास भने हुन नसकेकै हो’ । पर्यटकीय पूर्वधार निर्माण नभएसम्म गुणात्मक रुपमा पर्यटक नेपाल भित्राउन नसकिने बताउदै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

पर्यटन मन्त्रालयका पूर्व सचिव दिपेन्द्रपुरुष ढकालले पर्यटकको संख्या भन्दा पनि पर्यटकको बसाई अवधि र खर्चको दरलाई बढाउन आवश्यक रहेको बताए । ‘निजी क्षेत्रको साथ विना यस क्षेत्रको विकास सम्भव छैन, पूर्व सचिव ढकालले भने, सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्छ’ ।

पाँच तारे होटल अन्तिम चरणमा

चन्द्रागिरी हिल्सले निर्माण गरिरहेको पाँच तारे बुटिक होटल अन्तिम चरणमा पुगेको छ । करिब ५ अर्ब लगानीमा निर्माण भइरहेको सो होटल अवको २ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको सञ्चालक ढकालले जानकारी दिए ।

एक सय वटा कोठा रहने सो होटलमा २०० जना सम्मलाई राख्न सकिने जनाएको छ । कलात्मक तरिकाले निर्माण भइरहेको होटलमा दुई वटा हेलिप्याड रहने छ । विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होटलमा हाल ५० वटा कोठा निर्माण भइसकेको छ । होटल बाट राजधानीलाई नजिक बाट नियाल्न सकिन्छ ।