नेपाललाई थप हवाई रुट दिन भारतीय पक्ष सहमत

अन्तराष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउन भारतीय पक्ष सहमत भएको छ ।

तिन दिनसम्म नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच भएको वार्तामा नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुका लागि काठमाण्डौ देखि विराटनगर र काठमाण्डौ देखि जनकपुरवीचको हवाईरुटलाई द्धितर्फी बनाउने र दुबै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकनको आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्ने सक्ने भएको छ ।

सहमतीअनुसार पश्चिमतर्फ महेन्द्रनगर हुदै कम उचाइमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाण्डौ –महेन्द्रनगर–दिल्ली हवाई रुटलाई द्धितर्फी बनाउन दुबै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकन गरि सोको आधारमा लागू गर्ने छ । यस्तै पूर्वतर्फ काठमाण्डौ–जनकपुर–पटना बीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुबै पक्ष बाटा सोको उडान सुरक्षा मूल्यांकन गरी सोको अधारमा लागु गर्ने भएको छ । यसबाट नेपाल र भारत बीत सीमापार उडानहरुलाई सघाउ पुग्ने दुवै पक्षको विश्वास छ ।

यसैगरी भावी अन्तर्राष्ट्रिय विमानस्थलहरु गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलहरुमा बढी उचाईमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्षले सेप्टेम्वर २०१८ भित्र विस्तृत प्राविधिक मुल्यांकन कार्य सम्पन्न गर्ने सहमती भएको छ ।

नेपाल र भारतीय पक्षवीच जेठ ३१ गते देखी असार २ गते सम्म काठमाण्डौमा वार्ता भएको थियो । २ दिनको लागि निर्धारण गरिएको वार्ता सहमतीमा नपुगेपछि १ दिन लम्बीएको हो । भारतले नेपाललाई १ वटा मात्र हवाई रुट दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको बेला दुई देशका प्राविधिकहरुलाई नयाँ हवाई रुटको लागि छिट्टै वार्तामा बस्न निर्देशन दिएका थिए । नेपालले भारतलाई लामो समयदेखी हवाई रुट माग गरेपनि सहमति हुन सकेको थिएन । वार्तामा भारतीय विमानपत्तन प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ताको टोली र नेपाली पक्षका तर्फबाट क्यानका उपमहानिर्देशक एवंम एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापाको टोलि बसेको थियो ।