अल्टिच्युट एयरले नयाँ हेलिकप्टर थप्दै

‘फ्रान्समा हेलिकप्टर निर्माण भइरहेको छ, अल्टिच्युट एयरका सञ्चालक निमानोर्बु शेर्पाले भने, २०१९ को अगष्टमा नेपाल भित्र्याउँछौं ।’ पाइलटसहित छ जना यात्रु बोक्न मिल्ने एयरबस हेलिकप्टर आएपछि अल्टिच्युट एयरमा तीन ओटा हेलिकप्टर हुनेछन् ।

नेपाली आकाशसमा एकपछि अर्को हेलिकप्टर थपिने क्रम जारी छ । दुई वर्षअघिदेखि सेवासुरु गरेको अल्टिच्युट एयरले फेरि नयाँ हेलिकप्टर थप्न लागेको हो ।

‘फ्रान्समा हेलिकप्टर निर्माण भइरहेको छ, अल्टिच्युट एयरका सञ्चालक निमानोर्बु शेर्पाले भने, २०१९ को अगष्टमा नेपाल भित्र्याउँछौं ।’ पाइलटसहित छ जना यात्रु बोक्न मिल्ने एयरबस हेलिकप्टर आएपछि अल्टिच्युट एयरमा तीन ओटा हेलिकप्टर हुनेछन् ।

३० करोड रुपैयाँको लगानीमा ल्याउन लागिएको सो एयरबस माउन्टेन फ्लाइट र बिरामी उद्धारका लागि प्रयोग गरिने शेर्पाको भनाइ छ । ट्रेकिङ एजेन्सी सञ्चालन गर्दै आएका शेर्पाले हेलिकप्टर व्यवसायमा दुई वर्षअघिदेखि आएका हुन् । पछिल्ला केही वर्षयता हेलिकप्टर रिजर्भ गरेर यात्रा गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको अल्टिच्युट एयरका सञ्चालक शेर्पाले जानकारी दिए । धेरै जसो माउन्टेन फ्लाइट र हिमाली क्षेत्रमा उद्धार कार्यमा हेलिकप्टर प्रयोग हुने गरेको उनले बताए ।

पछिल्लो समय माउन्टेन फ्लाइट गर्ने आन्तरिक एवम् बाह्य पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएसँगै हेलिकप्टर कम्पनीहरु नयाँ नयाँ हेलिकप्टर थप्न लागेका छन् । यो वर्षमात्र प्रभु हेलिप्टरले दुई ओटा नयाँ हेलिकप्टर थपेको छ । हाल श्री एयरलाइन्सका १०, प्रभुका ५, एयर डाइनेस्टिक, फिस्टेल, सिम्रिक र मनाङका ४–४, माउन्टेन, अल्टिच्युट र कैलाशका २–२ गरी ३७ ओटा हेलिकप्टर सञ्चालनमा छन् ।