को बन्दै छ भिजिट नेपाल २०२० को संयोजक ? यी छन् चर्चामा

भिजिट नेपाल २०२० का लागि डेढ बर्ष बाँकी रहेको छ । अहिले पर्यटन मन्त्रालयले अर्थमन्त्रालयमार्फत भिजिट नेपालका लागि १० करोड बजेट निकासा गरिसकेको छ । भिजिट नेपाललाई अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय भाषामा लोगो सार्वजनिक भइसकेकाे छ ।

२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा गरिएको भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकमा पाँच पर्यटन व्यवसायीको नाम चर्चामा छ ।

पाँच महिनाअघि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० लाई भिजिट नेपालको वर्षका रुपमा मनाउने गरी कार्यक्रम घोषणा गरे पनि मन्त्रालयले राष्ट्रिय संंयोजक तोक्न सकेको छैन । राष्ट्रिय संयोजक तोक्न नसकेपछि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले थप नयाँ कार्यक्रम पनि सार्वजनिक गर्न सकेको छैन ।

दुई साताभित्र संयोजक तोकिने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । ‘भिजिट नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम तय भइसकेको छ । राष्ट्रिय संयोजक तोकिनेबित्तिकै कार्यक्रम र अभियान अझ तीव्र बन्छ,’ उनले भने ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय संयोजकमा आरआर पान्डे, योगेन्द्र शाक्य, सुमन पाण्डे, सिर्जना राणा र प्रसिद्ध पाण्डेको नाममा चर्चामा छ । स्रोतका अनुसार योगेन्द्र शाक्य र प्रसिद्ध पाण्डेमध्ये एक जना संयोजक हुने तयारी भइरहेको छ ।