१ सय ३७ यात्रुसहित नेपाल आयो ओमानको सलाम एयर

सलाम एयर नेपाल अवतरण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै आर्इएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले भिजिट नेपाल २०२० लाई सहयोग पुर्याउन र धेरैभन्दा धेरै पर्यटक भित्र्याउनकै लागि आर्इएमर्इले सलाम एयरको जिएसए लिएको बताए । विदेशमा रहेका नेपालीहरू आर्इएमर्इ मनी ट्रान्सफरमार्फत सस्तोमा नेपालमा पैसा पठाएपछि नेपालीलाई सस्तोमा अन्तराष्ट्रिय उडान गराउनकै लागि बजेट एयरलाइन्स भित्र्याइएका ढकालले बताए ।

ओमानको बजेट एयरलाइन्स सलाम एयरले मंगलबारदेखि नेपालमा उडान सुरू गरेको छ । मंगलबार सलामले ओमानबाट १ सय ३७ यात्रुसहित नेपालमा उडान भरेको हो । बैङ्क तथा वित्तीय व्यवसायमा अग्रणी आइएमई समूह अन्तर्गतको आइएमई ट्राभलले सलाम एयरको जनरल सर्भिस एजेन्ट (जीएसए) लिएको हो । सलाम एयरले सातामा चार उडान भर्ने कम्पनीले जनाएको छ ।

सलाम एयर नेपाल अवतरण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै आइएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले भिजिट नेपाल २०२० लाई सहयोग पुर्याउन र धेरैभन्दा धेरै पर्यटक भित्र्याउनकै लागि आर्इएमर्इले सलाम एयरको जिएसए लिएको बताए । विदेशमा रहेका नेपालीहरू आर्इएमर्इ मनी ट्रान्सफरमार्फत सस्तोमा नेपालमा पैसा पठाएपछि नेपालीलाई सस्तोमा अन्तराष्ट्रिय उडान गराउनकै लागि बजेट एयरलाइन्स भित्र्याइएका ढकालले बताए ।

ओमानबाट १ सय ३७ यात्रु लिएर आएको ओमान एयरले फर्किदा १ सय ३६ यात्रु लैजाने आइएमइ ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले क्यापिटल नेपाललाई बताए । ‘सलामले नेपालमा मंगलबार, बिहिबार, शुक्रबार र आइतबार उडान भर्छ,’ उनले भने । एयरलाइन्सले काठमाडौंमा बिहान ८ बजे अवतरण गर्ने र ८ बजेर ४० मिनेटमा उडान भर्ने छ ।

नेपालबाट ओमान हुँदै कतार जाने नेपालीका लागि सलाम एयर अझ सहज हुने कम्पनीले जनाएको छ । खाडीका विभिन्न मुलुकले कतारलाई आर्थिक नाकाबन्दी लगाउँदै सम्बन्ध टाढा बनाएपछि नेपालबाट खाडीको कतार एयरवेज र नेपालको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्दै आइरहेका छन् । सलाम एयरको प्रवेशपछि कतार जाने कामदारको टिकट अझ सस्तो हुने कम्पनीले जनाएको छ । सलाम एयरसँग एयरबस ए ३२० १ सय ७४ सिटको जहाज छ । यसअघि ओमानबाट ओमान एयरले पनि उडान भरिरहेको छ ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा जनवरी २०१७ देखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको सलाम एयरले मस्कटलाई आफ्नो हब बनाई ढाका, बाकु, टिवलिस, दोहा, दुबई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार र मस्कट गरी १५ ओटा क्षेत्रमा उडान भर्दै आएकोमा कामठमाडौं थप गरी १६ ओटा गन्तव्य बनाएको छ ।

निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरी हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट फ्रेन्डली र फ्लेकसी गरी ३ किसिमका भाडा निर्धारण गरेको जनाएको छ । व्यावसायिक क्षमता अभिबृद्धि र यात्रुहरुमा सेवाको भावनालाई मध्यनजर गर्दै कुनै पनि गन्तव्यमा एक वर्षमा १० पटक यात्रा गरेमा एउटा टिकट निःशुल्क दिने योजना लागू गरेको छ । यसले अन्य एयरलाइन्सको तुलनामा सस्तो र सुलभ भाडादर कायम गरेको छ ।

यस्तै आइएमई ग्रुपद्वारा प्रवद्र्धित चन्द्रागिरि हिल्सले सलाम एयरको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र सलाम एयरबाट यात्रा गर्ने सम्पूर्ण यात्रुहरुलाई चन्द्रागिरि केबलकारको टिकटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।