बिमकहरुले तीन महिनामा पुर्याउलान् चुक्ता पुँजी ?

बिमा समितिले २०७३ चैतमा जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसअनुसार गत असारसम्म जीवन बिमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बिमातर्फ शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स तथा हिमालयन जनरल इन्स्योरेन्सले मात्रै तोकिएको पुँजी पुर्याएका छन् ।

अधिकांश बिमा कम्पनी (बिमक)हरुले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएको छ । नियामक बिमा समितिले २०७५ असारसम्म तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पनि चालू वर्षको तीन महिना बितिसक्दासमेत बिमा कम्पनीले पुँजी बढाउनेतर्फ खासै प्रगति गरेको देखिँदैन ।

बिमा समितिले २०७३ चैतमा जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसअनुसार गत असारसम्म जीवन बिमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बिमातर्फ शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स तथा हिमालयन जनरल इन्स्योरेन्सले मात्रै तोकिएको पुँजी पुर्याएका छन् । हाल १८ जीवन बिमा कम्पनी र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।

जीवन बिमातर्फ मेटलाइफ एलिको र निर्जीवन बिमातर्फ ओरियन्टल इन्स्योरेन्स तथा नेसनल इन्स्योरेन्स विदेशी बिमा कम्पनीको शाखाका रुपमा सञ्चालन भएकाले उनीहरुले चुक्ता पुँजी राख्नु पर्दैन । जीवन तथा निर्जीवन बिमा गरी ३८ कम्पनीमध्ये १२ कम्पनीले भने गत वर्षबाट मात्रै बिमा कारोबार सुरु गरेका छन् । त्यसैले यी कम्पनीहरुले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर छुट्ट्याएका छन् । उनीहरुले प्राथमिक निसष्कासनमार्फत् सर्वसाधारणलाई तोकिएको हिस्सा बेचेपछि मात्रै चुक्ता पुँजी पुग्छ । यद्यपि कतिपय पुराना कम्पनीले पनि यसबीचमा हकप्रद तथा बोनस सेयर जारी गरी चुक्ता पुँजी पुर्याउने पहल भने गरिरहेका छन् ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पोडेलका अनुसार गत असारसम्म आवश्यक चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई ३–३ महिना गरी दुई पटकसम्म म्याद थप गर्ने व्यवस्था गरिएको छ । एक पटक म्याद थपिसकेकाले अब एक पटक म्याद थपेर पुससम्म हेर्छौं,’ उनले भने, ‘पहिला पुँजी वृद्धिको मौका दिइने तर पुँजी वृद्धि गर्न नसकेको खण्डमा जबरजस्ती (फोर्स) मर्जको नीति अङ्गीकार गर्छौं ।’ तर, त्यसका लागि कम्पनीले म्याद थपका लागि समितिमा निवेदन दिनुपर्छ ।

चुक्ता पुँजी पुर्याएमध्ये नेपाल लाइफको चार अर्ब ३९ करोड, नेको इन्स्योरेन्सको एक अर्ब १७ करोड ६२ लाख, हिमालयन इन्स्योरेन्सको एक अर्ब दुई करोड ७२ लाख, शिखर इन्स्योरेन्सको एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ छ ।

निर्जीवनतर्फ अजोड इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नयाँ कम्पनी हुन् भने जीवन बिमातर्फ आईएमई लाइफ, युनियन लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल लाइफ, सिटिजन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्स छन् ।

उनीहरुले सर्वसाधारण सेयर बिक्री गरेपछि चुक्ता पुँजी सहजै पुग्ने भएपनि अन्य पुराना कतिपय कम्पनीलाई भने पुँजी पुर्याउन हम्मेहम्मे पर्ने भएको छ । जीवन बिमातर्फ गुराँस लाइफ र निर्जीवनतर्फ एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सबैभन्दा थोरै रहेकाले उनीहरुलाई चुक्ता पुँजी पुर्याउन कठिन हुने देखिन्छ । गुराँसको ५९ करोड ४० लाख र एभरेस्टको १३ करोड ३६ लाख रुपैयाँ पुँजी कायम छ ।

जीवन तथा निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी र बाँकी थप्नुपर्ने पुँजीको विवरण (रकम रु. हजारमा)

जीवन बिमातर्फ