यतिसँग गाभिँदै तारा, जनवरीबाट यति मात्रै

आउँदो जनवरीबाट लागू हुने गरी समायोजनको काम भइरहेको छ । तारा यति एयरलाइन्सको भगीनी संस्था भएको कारण खर्च समायोजनका लागि दुई सस्थालाई गाभ्न लागिएको हाे । तारा र यति एयरलाइन्समा गरि ९०० कर्मचारीहरु कार्यरत रहेका छन् ।

हवाइ क्षेत्रको अग्रणी कम्पनीको रुपमा स्थापित यति एयरलाइन्ससँग तारा एयर गाभिने भएको छ । आउने जनवरीदेखि यति एयरलाइन्सको नाममा मात्र जहाज सञ्चालनमा ल्याउने गरी प्रक्रिया अगाडी बढाइएको छ । यी दुवै एयरलाइन्स पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको हो । तारा एयर सन् २००९ बाट सञ्चालनमा आएको थियो ।

यति एयरलाइन्सका प्रवक्ता भिमराज राइले आउँदो जनवरीबाट लागू हुने गरी समायोजनको काम भइरहेको बताए । तारा एयर यति एयरलाइन्सको भगीनी संस्था भएको कारण खर्च समायोजनका लागि दुई सस्थालाई गाभ्न लागिएको बताएका छन् । तारा र यति एयरलाइन्समा गरि ९०० कर्मचारीहरु कार्यरत रहेका छन् ।

पहाडी क्षेत्रमा हवाइ यातायातको सेवा दिँदै आएको तारा एयरसँग ४ वटा टुइअटर र २ वटा ‘डोर्नियर डिओ २२८ (२१२ एयरक्राफ्ट )बाट सेवा सञ्चालन गर्दै आएको छ । तारा एयरले विशेष रुपमा देशको ट्रेकिङ्ग व्यवसायलाई सघाऊ पु¥याउन तथा नेपालका दुर्गम भेगहरुमा नियमित रुपमा हवाई सेवा पु¥याउँदै ती स्थानहरुको यातायात सेवा विस्तार गर्न, खाद्यान्न आपूर्ति कार्यलाई सहज बनाइरहेको प्रवक्ता राइको भनाइ छ ।

कम्पनीले आफ्ना सबै सेक्टरका उडानमा अपाङ्गलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५, बालबालिकालाई ३३÷३३ र शिशुलाई ९० प्रतिशत छुट दिँदै आएको छ । पछिल्लो तथ्यांकअनुसार यतीले वार्षिक करिब ५ लाख यात्रुलाई विभिन्न गन्तव्य पु¥याउँदै आएको छ ।

तारा एयरले काठमाडौंबाट लुक्ला, फाप्लु, लामीडाँडा, रुम्जाटार, रामेछाप र भोजपुरका लागि उडानहरु भर्दै गर्दै आएको छ । त्यस्तै, पोखराबाट जोमसोमका साथै नेपालगन्ज र सुर्खेतबाट डोल्पा, जुम्ला, बाजुरा, सिमिकोट, रारा, रुकुम र बझाङमा समेत हवाई सेवा सञ्चालन गरिरहेको छ ।

यति एयरलाइन्सको २० औं बार्षिक उत्सव चलिरहदा तारा एयरलाई समायोजन गरी एउटै कार्यालयबाट सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । निजी क्षेत्रबाट आक्रामक रुपमा हवाई सेवा दिँदै आएको यतिले हाल ७२ सिट क्षमता भएको तीन वटा एटीआर ७२–५०० र २९ सिटे ६ वटा ‘जेटस्ट्रिम–४१’ जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार गन्तव्यका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ ।

यस्तै एक वर्षभित्रमा ४ अर्ब ५० करोड रुपैयाँ लगानी गरी थप पाँचवटा जहाज खरिद गर्ने तयारी गरेको छ । फ्रान्सको जहाज निर्माता कम्पनी एटीआरमा निर्मित ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२–५००’ सिरिजका तिन वटा र ४७ सिटे ‘एटीआर४२–३२०’ सिरिजका दुई वटा जहाज खरिद गर्न लागेको प्रवक्ता राइको भनाइ छ ।