यस्तो बन्यो शङ्खमूल पार्क

शंखमुलको नामलाई सार्थक बनाउन पार्कभित्र ठूलो शंख राखिएको छ । नदी दुबोले सजिएको पार्कभित्र बच्चाहरुका लागि खेल्ने ठाउँहरु पर्याप्त रहेको छ । पार्कभित्रै पोखरीले थप आकर्षण बनाएको छ । बस्नका लागि कुर्चीहरु, साँझ र रातीको सुन्दरताका लागि सोलार लाइट राखिएको छ ।

सहर उकुस मुकुस छ । विहान शरिर तन्काउने, साँझ घुमफिर गर्नेका लागि सहरभित्रै पर्याप्त ठाउँहरु छैनन् । ठाउँहरु खुम्चिदै गएका छन् ।
सहरको मध्य क्षेत्रमा बागमति नदिनजिककै खुल्ला पार्क त्यो पनि हरियाली र सुविधासम्पन्न । हो यस्तै बनेको छ । शंखमुल पार्क । गैरआवासिय नेपाली संघले करिब ३ करोड लागतमा ३२ रोपनी क्षेत्रफलमा निर्माण गरेको पार्क अब सहरबासीको गन्तव्य बन्नका लागि तयार भएको छ ।

शंखमुलको नामलाई सार्थक बनाउन पार्कभित्र ठूलो शंख राखिएको छ । नदी दुबोले सजिएको पार्कभित्र बच्चाहरुका लागि खेल्ने ठाउँहरु पर्याप्त रहेको छ । पार्कभित्रै पोखरीले थप आकर्षण बनाएको छ । बस्नका लागि कुर्चीहरु, साँझ र रातीको सुन्दरताका लागि सोलार लाइट राखिएको छ ।

संघले सन् २०१४ मा शंखमुल पार्क बनाउने योजना बनाएको थियो । त्यसको ४ बर्षपछि निर्माण भएर संघले एनआरएन डेको अवसरमा अक्टोबर ११ मा उद्घाटन गर्दैछ । उद्घाटनपछि हस्तान्तरण गर्नेका लागि अहिले पार्कमा निर्माणका लागि अन्तिम काम भैरहेको छ ।