पहिलो त्रैमासमा ४६ प्रतिशत नाफा बढ्दा बैङ्किङ इन्डेक्स १४ अङ्क उक्ल्यो

चार महिनाको अवधिमा बैङ्कले आफ्नो नाफामा ४६ प्रतिशत वृद्धि गर्दा बैङ्किङ इन्डेक्स १४ अङ्कले बढेको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कको नाफ ४६ प्रतिशतले बढ्दा सोही अवधिमा बैङ्किङ इन्डेक्स १४ अङ्कले बढेको छ । असार मसान्तमा (३२ गते सोमबार) १०२३.३६ अङ्क रहेको बैङ्किङ इन्डेक्स मङ्सिर ५ गते बुधबार १०३७.४१ अङ्कको बिन्दुमा आएको छ । यस चार महिनाको अवधिमा बैङ्कले आफ्नो नाफामा ४६ प्रतिशत वृद्धि गर्दा बैङ्किङ इन्डेक्स १४ अङ्कले बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा सेयर बजारमा ठूलो उथलपुथल आउँदा पनि बैङ्किङ इन्डेक्स सुधार भएको देखिएको छ । यद्यपि असार मसान्तमा १२१२.३६ अङ्क रहेको नेप्से परिसूचक २९ दशमलव ८१ अङ्कले गिरावट आउँदै मङ्सिर ५ गते ११८२.५५ अङ्क कायम भएको छ ।

यस्तै असार मसान्तको तुलनामा १४ अङ्क बढेर बैङ्किङ इन्डेक्स साउन मसान्तमा १०३७.२२ अङ्क पुग्यो । त्यसपछिको १ महिने अवधिमा ५५ अङ्क सुधारिँदै भदौ मसान्तमा १०९२.९३ अङ्क पुगेको थियो । असोज ४ गते बिहीबार १०७८.५६ अङ्क कायम रहेको बैङ्किङ कात्तिक ८ गते ११०१.६६ अङ्क पुग्यो । असोज ४ गतेदेखि कात्तिक ८ गतेको अवधिमा २३ अङ्कले बैङ्किङ इन्डेक्स उकालो लागेको थियो । कात्तिक महिनाको पहिलो कारोबार दिन ४ गते बैङ्किङ इन्डेक्स ११०६.९४ अङ्क भए पनि ४ दिनको अवधिमा ५ अङ्कले घटेको थियो ।

असोज मसान्तयता नेप्से परिसूचकसँगै ओरालो लागेको बैङ्किङ इन्डेक्स कात्तिक १६ गते १०७९.६७ अङ्कमा झरेको थियो । त्यसयता लगातार घट्दै मङ्सिर ५ गतेसम्म १०३७.५५ अङ्कमा आएको छ । मङ्सिर ५ गतेअघि कात्तिक २९ गते शुक्रबार ११५० अङ्क कायम रहेको बैङ्किङ इन्डेक्स बुधबारसम्म आइपुग्दा १३ अङ्कले घट्दै ११३७ अङ्क आएको छ । आव २०७५/७६ को पहिलो त्रैमासमा नेप्से परिसूचक १२५८ अङ्कसम्म पुगेर ओरालो लाग्दै ११८२ अङ्कमा ओर्लेको छ ।

यसबीचमा सिभिल बैङ्कले सबैभन्दा कम १२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । त्यसपछि सेञ्चुरी कमर्सियल बैङ्कले २० करोड तथा नेपाल बङ्गलादेश बैङ्कले २२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ११ करोड रुपैयाँ, इन्भेष्टमेन्ट बैङ्कले १ अर्ब ५ करोड, नेपाल बैङ्कले ९७ करोड र नबिलले ९३ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएका छन् ।