मलेसिया नखुल्नुको यस्तो छ जालो, भेन्डर चेन्जकाे चलखेलमा गिराेह

७ महिनादेखि रोजगारीका लागि बन्द भएको मलेसियाका विषयमा काङ्ग्रेसले मुख खोलेको छ । नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले श्रममन्त्री विष्टले आफ्ना नजिकका केही व्यवसायीलाई नयाँ संयन्त्र खडा गरी व्यवसाय दिनकै लागि श्रम समझदारीपछि पनि मलेसियाको रोजगारी खुला नगरिएको बताए ।

देशमा रोजगारीको सिर्जना नभएपछि बिदेसिनु बाध्यता हो । दैनिक १२ सयदेखि १५ कामदार बिदेसिने गरेकै छन् । पछिल्लो पटक रोजगारीका लागि मलेसिया जाने कामदारहरु ७ महिनादेखि जान पाइरहेका छैनन् । दुई देशका मन्त्रीबीच श्रम समझदारीपछि मलेसिया नखुल्नुमा एउटा गिरोह सक्रिय रहेको खुलेको छ ।

मलेसिया जाने कामदारमाथि ठगी भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच संस्थालाई खारेजीको घोषणा गर्दै कारबाहीको दायरामा ल्याएपछि त्यही संस्थालाई आफ्नो बनाउन एउटा गिरोह सक्रिय भएको हो । मन्त्री विष्टको नाम बेच्दै मलेसिया बस्ने केही नेपाली, बङ्गाली मूलका मलेसियन र केही नेपाली म्यानपावर व्यवसायीले मन्त्री विष्टले समझदारीपछि पनि नयाँ व्यवस्था गर्न लागेको र त्यो व्यवस्था आफ्र मातहत हुने भन्दै प्रचार गरिरहेका छन् ।

मन्त्री विष्टले कामदारमाथि ठगी गर्ने संस्थालाई कारबाही गरेपछि त्यस्तै संस्था र प्रक्रिया सञ्चालन गर्ने गरी केही गिरोह सक्रिय भएका हुन् । नेपाल र मलेसियाबीचको श्रम समझदारीपछि पनि मलेसिया खुल्न ढिलाइ हुँदा बङ्गाली मूलका मलेसियन हनिफले नेपाल आएर मलेसियाको नयाँ संयन्त्र आफूले सञ्चालन गर्न लागेको भन्दै बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग २०/२० लाख उठाउन सुरु गरेका थिए । त्यस विषयमा समाचार प्रकाशित हुँदा श्रम मन्त्रालयले नै सोधखोज गर्न थाल्यो । श्रम मन्त्रालयले सोधखोज गरेपछि हनिफ तत्काल नेपाल छाडेर भागे पनि । तिनै हनिफसँग निकट रहेका केही व्यवसायीले मन्त्री विष्टसँगको निकटता देखाउँदै फेरि कामदार ठग्ने संयन्त्र सुरु गर्न थालेका छन् ।

विशेषगरी मन्त्रीसँग २ व्यवसायी नजिक छन् । नेपाल आएका हनिफसँग उनीहरुको निकटता र उनलाई विभिन्न होटलमा गरिएको बैठकमा मन्त्रीसँग नजिक मानिएका म्यानपावर व्यवसायी रघु पुरी र विभिन्न हाइड्रो परियोजनामा रहेकी पूजा चन्द ठकुरी थिइन् । हनिफलाई नेपालमा उनीहरुले नै सहयोग गरेका थिए । विष्ट श्रममन्त्री भएपछि पुरी निकट भएका हुन् भने ठकुरी विष्ट ऊर्जामन्त्री हुँदादेखि नै नजिक छिन् । ठकुरीलाई मलेसियामा रेस्टुरेन्ट र क्लब सञ्चालन गर्ने ओझ श्रेष्ठले सहयोग पुर्याइरहेका छन् । श्रेष्ठसँग उपराष्ट्रपतिका छोरा दीपेश पुन नजिक हुँदा श्रेष्ठले पुनलाई पनि प्रयोग गर्न खोजिरहेका छन् । हनिफ नेपाल आउँदा श्रेष्ठ पनि नेपाल आएका थिए । मलेसियामा व्यवसाय गर्ने सन्तोष कार्कीले हनिफलाई पुरीसँग नजिक बनाएका थिए ।

यी सबै कनेक्सन चार्टमा हेर्नुहोस्

मलेसियाका विषयमा पहिलो पटक बोल्यो काङ्ग्रेस

७ महिनादेखि रोजगारीका लागि बन्द भएको मलेसियाका विषयमा काङ्ग्रेसले मुख खोलेको छ । नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले श्रममन्त्री विष्टले आफ्ना नजिकका केही व्यवसायीलाई नयाँ संयन्त्र खडा गरी व्यवसाय दिनकै लागि श्रम समझदारीपछि पनि मलेसियाको रोजगारी खुला नगरिएको बताए ।

रामहरि खतिवडा

क्यापिटल नेपालसँग कुरा गर्दै खतिवडाले सरकार र प्रत्येक मन्त्रीले गरेको कामको प्रतिपक्षका हिसाबले काङ्ग्रेसले नजिकबाट हेरेको भन्दै मन्त्री विष्टले म्यानपावर व्यवसायी रघु पुरी र पूजा चन्द ठकुरीलाई सहयोग पुर्याउने नियतले मलेसिया खुला नगरिएको बताए ।

मलेसियासँग हाम्रो श्रम सम्बन्ध र कूटनीतिक सम्बन्ध जोडिएको बताउँदै ७ महिनासम्म मलेसियामा रोजगारी किन रोकिएको भन्ने यथार्थ जानकारी मन्त्री विष्टले दिन नसकेको बताए । ‘श्रम समझदारीपछि मलेसिया किन खुलेको छैन ? उनैले कारबाही गरेको संस्थामध्ये जीएसजीले काम गरिसकेको छ, सुरुमा त्यही संस्थाका सञ्चालकलाई पनि पक्राउ गरिएन किन ?’ उनले प्रश्न गरे ।

मन्त्रीले आफ्नो काम गर्न सक्ने तर दुई देशको सम्बन्धमा समस्या आउने काम गर्न नहुने खतिवडाले बताए । ‘देशले अर्काे देशको सम्बन्ध दीर्घकालीन रुपमा एउटै बनाउनुपर्छ, अहिले त मलेसियासँगको सम्बन्ध नै बिग्रने खतरा भयो,’ उनले भने, ‘अहिलेसम्म मलेसियाको रोजगारी बन्द गर्नु थियो भने बिनातयारी किन मलेसियासँग श्रम समझदारी गरियो । तयारीबिनै हस्ताक्षर गर्ने र खोल्ने बेलामा फेरि नयाँ बहाना बनाउने ?’ अब काङ्ग्रेसले यो विषयमा कुरा उठाउँछ, यसमा संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले पनि छानबिन गर्नुपर्ने उनले बताए ।

 

ओझ श्रेष्ठ (बायाँबाट पहिलो) र दीपेश पुन (दायाँबाट पहिलो) मलेसियामा ।

हनिफ नेपाल आएका बेला ओझ श्रेष्ठ, दीपेश पुन, पूजा चन्दलगायत ।

नेपाल र मलेसियाका मन्त्रीका साथ रघु पुरी

हनिफ नेपाल आएका बेला ओझ श्रेष्ठ, दीपेश पुन, पूजा चन्दलगायत ।