१७ जलविद्युत् कम्पनीले साढे ३ अर्बको आईपीओ ल्याउँदै, हेर्नुहोस् कसको कति (सूचीसहित)

आयोजना प्रभावित स्थानीय बासिन्दालाई न्यूनतम १० प्रतिशत स्वामित्व बिक्री गर्नैपर्ने बाध्यकारी व्यवस्था भएपछि जलविद्युत् कम्पनीहरुले धमाधम सर्वसाधारणालाई आईपीओ निष्कासन गर्न लागेका हुन् ।

काठमाडौं : विभिन्न १७ जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् ।

जलविद्युत् कम्पनीले साढे ३ अर्ब रुपैयाँबराबरको ३ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ निष्कासनका लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीहरुको आवेदको अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार आईपीओका लागि आवेदन दिनेमा अधिकांश जलविद्युत् कम्पनी छन् ।

बोर्डमा आवेदन दिनेमध्ये सबैभन्दा बढी आईपीओ ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको छ । ग्रिनलाइफले १ अर्ब ८ करोड रुपैयाँबराबरको १ करोड ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख ६१ हजारबराबरको ९६ लाख ६१ हजार ६१० कित्ता सेयर जारी गर्दैै छ । युनियन हाइड्रोपावर लिमिटेडले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँबराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपीओ जारी गर्दै छ । भैरवकुण्ड हाइड्रोपार लिमिटेडले ३१ करोड ८३ लाख रुपैयाँबराबरको ३१ लाख ८३ कित्ता आईपीओ निष्कासन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

यसैगरी सीइडीबी हाइड्रो फन्ड लिमिटेडले २२ करोड ८९ लाख रुपैयाँ बराबरको २२ लाख ८९ हजार कित्ता, माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १८ करोड १६ लाख रुपैयाँबराबरको १८ लाख १६ हजार, पञ्चतहर पावर कम्पनी लिमिटेडले १९ करोड रुपैयाँबराबरको १९ लाख २५ हजार, शिवश्री हाइड्रोपावर लिमिटेडले १४ करोड ७६ लाख रुपैयाँबराबरको १४ लाख ७६ हजार ४ सय कित्ता, घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ करोड ५५ लाख रुपैयाँको १५ लाख ५५ हजार, लौघिङ बुद्ध पावर नेपाल लिमिटेडले ९ करोड ७८ लाख रुपैयाँको ९ लाख ७८ हजार र युनिक हाइड्रेल कम्पनी लिमिटेडले ५ करोड ५० लाख रुपैयाँको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडले ७ करोड ३६ लाख रुपैयाँको ७ लाख ३६ हजार, शुभम् पावर लिमिटेडले ५ करोड ८० लाख रुपैयाँको ५ लाख ८० हजार, रुरु जलविद्युत् परियोजना लिमिटेडले ४ करोड ४७ लाख रुपैयाँको ४ लाख ७ हजार र गर्जायाङ उपत्यका हाइड्रोपावर लिमिटेडले करोड रुपैयाँबराबरको २ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासनका लागि बोर्डले अनुमति दिएको छ । कम्पनीले १६ करोड ९० लाख ४७ हजार रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

साउनयता मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब ४४ करोड रुपैयाँबराबरको १ करोड ४४ लाख, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले ९ लाख रुपैयाँ र कालिका पावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँको १२ लाख कित्ता आईपीओ निष्कासन गरिसकेका छन् ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई न्यूनतम १० प्रतिशत स्वामित्व बिक्री गर्नैपर्ने बाध्यकारी व्यवस्था भएपछि जलविद्युत् कम्पनीहरुले धमाधम सर्वसाधारणालाई आईपीओ निष्कासन गर्न लागेका हुन् । निर्माण सम्पन्न र निर्माणाधीन अवस्थाका आयोजनाले धमाधम आईपीओ निष्कासन गर्न थालेका छन् ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्