no-image

अहिलेसम्म ६ दर्जन कम्मनीले लाभांश घोषणा गरे पनि लाभांश दर र सेयरमूल्यबीचको अन्तरलाई केलाउन यहाँ वाणिज्य बैङ्कअन्तर्गत लाभांश घोषणा गरेका ७ बैङ्कलाई लिइएको छ ।

काठमाडाैं : गत आर्थिक वर्ष (२०७४/७५) को नाफाबाट लगानीकर्तालाई सूचीकृत कम्पनीहरुले लाभांश दिने क्रम जारी छ । यो सूची पनि गतवर्षको नाफाबाट वाणिज्य बैङ्कहरुले दिएको लाभांशको दर र प्रतिकित्ता सेयरमूल्य लगानीकर्ताले कसरी लाभांश पाइरहेका छन् भन्ने विवरण हो । अहिलेसम्म ६ दर्जन कम्मनीले लाभांश घोषणा गरे पनि लाभांश दर र सेयरमूल्यबीचको अन्तरलाई केलाउन यहाँ वाणिज्य बैङ्कअन्तर्गत लाभांश घोषणा गरेका ७ बैङ्कलाई लिइएको छ ।

लाभांश घोषणा प्रतिशतमा अगाडि देखिएको एनएमबी बैङ्कले १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिने उद्घोष गरेको छ । मध्यम अनुपातमा सेयरमूल्य रहेको एनएमबीको सेयरमूल्य र लाभांश अनुपात पनि उच्च देखिएको छ । अहिले एनएमबीको सेयर किन्ने लगानीकर्ताले ८ दशमलव ४३ प्रतिशतका दरमा लाभांश पाउनेछन् । गत बिहीबार एनएमबीको प्रतिकित्ता सेयरमूल्य ३ सय ५६ रुपैयाँ थियो । तर बजारमा उच्च मूल्य रहेको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको सेयर किन्ने सेयरधनीले भने २ दशमलव ९३ प्रतिशत मात्रै प्रतिफल पाउनेछन् । तत्काल फाइदा हेर्ने हो भने स्ट्यान्डर्ड चार्टर्डको सेयरभन्दा एनएमबीको सेयर किन्नेले भन्डै तीन गुणा फाइदा उठाउन सक्छन् । स्ट्यान्डर्ड चार्टर्डको हाल मूल्य प्रतिकित्ता ५ सय ९७ रुपैयाँ छ ।

यद्यपि लगानीकर्ताले तत्कालको नाफालाई मात्रै ध्यान दिँदैनन् । विगतमा कुन कम्पनीको कस्तो प्रदर्शन छ र आगामी दिनमा ती कम्पनी कसरी बढ्न खोजेका छन् भन्ने कुरालाई हेरेर कस्तो सेयर किन्ने वा बेच्ने भन्ने निर्णय गर्दछन् भन्ने मान्यता राखिन्छ । तत्काल निर्भर गर्छ । तर पनि लगानीकर्ताको चासो भने कस्तो प्रतिफल दिन्छ भन्नेमा जहिले पनि चासो रहन्छ । संसारभर लगानीकर्ता नगद लाभांशको पर्खाइमा भए पनि नेपालमा भने लगानीकर्ताले बोनस सेयर चाहिरहेको पाइन्छ । नगद लाभांश मात्रै घोषणा गरेका कतिपय कम्पनीको सेयरमूल्य घट्ने प्रवृत्तिले पनि बोनस सेयरको आशालाई जीवित राखेको भन्न सकिन्छ ।

घोषित लाभांशमध्ये सेयरमूल्य लाभांश अनुपातमा एनएमबीपछि माछापुच्छ्रे बैङ्क देखिएको छ । सेयरमूल्य प्रतिकित्ता २ सय १५ रहेको माछापुच्छ«ेको लाभांश १० प्रतिशत मात्रै भए पनि सेयरमूल्य लाभांश अनुपात भने ४ दशमलव ६५ प्रतिशत छ । यसको अर्थ हो तत्काल नाफा लिने गरी माछापुच्छ«ेको सेयर किन्नेमा प्रतिफल दर ४ दशमलव ६५ प्रतिशत मात्रै हुनेछ । घोषित लाभांशमा सबैभन्दा कम सेयरमूल्य लाभांश अनुपात एनआईसी एसियाको छ । उसले साढे १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने सेयरमूल्य प्रतिकित्ता ४ सय ११ रुपैयाँ छ । यसरी हेर्दा एनआईसीको सेयरमूल्यमा लाभांश अनुपात २ दशमलव ५५ प्रतिशत मात्रै छ ।