नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, भ्रमण बर्ष सफल बनाउन सहयाेग

कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे उपस्थितिमा दुर्इ देशका पर्यटन मन्त्रीले  सम्झौतामा हस्ताक्षर गरेका हुन ।

नेपाल र कम्बोडियाबीच बिहीबार साँझ हवाई सम्झौता भएकाे छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे उपस्थितिमा नेपालका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बाेडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माअाे हेभेनिलले सम्झौतामा हस्ताक्षर गरेकाे  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । हुन सेन एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका हुन ।

सम्झौतामा नेपालका प्रधानमन्त्री केपी ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेन उपस्थित थिए । दुवै देशबीच भएकाे हवाई सम्झौतामा साताको दुवै देशका १४/१४ फ्लाइट हुनेछन् । कार्गाे सेवा भने अनलिमिटेड सहसचिव आचार्यको भनाइ छ ।

कम्बोडियामा धेरै बौद्ध धर्मावलम्बी रहेका कारण उसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयको भनाइ छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको विमानस्थल केही महिनापछि सञ्चालनमा आउँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा लिइएको उक्त विमानस्थलको धावनमार्गको कालोपत्रे भइरहेको छ ।

पर्यटन बर्ष २०२० लाइ सफल बनाउन याे सम्झाैताले ठूलाे याेगदान पुर्याउने मन्त्रालयकाे  विश्वास छ ।