
ठूला तथा स्थापित बैङ्कलाई पछाडि पार्दै एनएमबी, बैङ्क अफ काठमाण्डू (बीओके) लाभांश घोषणामा अगाडि आएका छन् । उनीहरुले स्ट्याण्डर्ड चार्टर्ड तथा एभरेष्ट बैङ्कलाई समेत पछाडि पारेका छन् ।
काठमाडाैं : गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० बैङ्कले लाभांश घोषणा गरेका छन् । सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये ७ बैङ्कले बाहेक अन्यले लाभांश घोषणा गरेका हुन् । राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणका लागि सेयर जारी गरेको छैन । यस्तै नेपाल बैङ्कले लाभांश दिने/नदिने टुङ्गो छैन । यी दुईबाहके अन्य ६ बैङ्कले लाभांश घोषणा गर्न बाँकी छ ।
यद्यपि नेपाल बैङ्कले सर्वसाधारणमा सेयर जारी गरेर पनि विगतमा लाभांश दिएको छैन । तर, कम्पनीले एफपीओ जारी गर्दा बैङ्कका प्रमुख कार्यकारी अधिकृतले लाभांश दिने घोषणा गरेका थिए । त्यसबाहेकका ६ बैङ्कले लाभांश घोषणा गर्न बाँकी छ । एनसीसी, सिभिल, लक्ष्मी, प्रभु, कृषि विकास र सेञ्चुरी बैङ्कले लाभांश घोषणा गरेका छैनन् ।
त्यसबाहेकका अन्य २० बैङ्कले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका पुराना ठूला कम्पनीलाई नयाँ बैङ्कले पछाडि पारेका छन् । ठूला तथा स्थापित बैङ्कलाई पछाडि पार्दै एनएमबी, बैङ्क अफ काठमाण्डू (बीओके) लाभांश घोषणामा अगाडि आएका छन् । उनीहरुले स्ट्याण्डर्ड चार्टर्ड तथा एभरेष्ट बैङ्कलाई समेत पछाडि पारेका छन् ।
स्ट्याण्डर्ड चार्टर्डले लगानीकर्तालाई १७.५ प्रतिशत नगद लाभांश घोषणा गर्दा एनएमबीले ३० प्रतिशत तथा बीओकेले २५ प्रतिशत लाभांशको घोषणा गरेका छन् । उनीहरुले २० प्रतिशत लाभांश दिएको एभरेष्टलाईसमेत पछाडि पारेका हुन् । त्यसैगरी नबिल र इन्भेष्टमेन्ट बैङ्कले भने आफूलाई अग्रस्थानमा नै अडाइरहेका छन् । यस वर्ष सबैभन्दा बढी लाभांश दिने शीर्ष दुईमा इन्भेष्टमेन्ट र नबिल छन् ।
शुक्रबारसम्म लाभांश घोषणा गर्ने बैङ्कमध्ये इन्भेष्टमेन्टले सबैभन्दा बढी ४० प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद दिने घोषणा गरेको छ । यस्तै नबिल बैङ्कले १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआईसी, ग्लोबल आईएमई र प्राइमले भने बोनस सेयर मात्र दिने भएका छन् । लाभांश घोषणा गरेका बैङ्कमध्ये सबैभन्दा कम लाभांश सिटिजन्स बैङ्कको छ । बैङ्कले ५.२३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गर्ने अधिकांश बैङ्कहरुको पहिलो रोजाइमा नगद लाभांश परेको छ । उनीहरुले नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी पुगिसकेकाले बोनस सेयरमा भन्दा नगदमा जोड गरेका छन् । लाभांश घोषणा गरेका २० बैङ्कमध्ये १२ बैङ्कले बोनससमेत दिएका छन् भने ८ बैङ्कले नगद लाभांश मात्र दिएका छन् ।
लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको एनआईसी एसिया बैङ्कको साधारण सभाले उक्त प्रस्ताव पारित गरिसकेको छ ।
बैङ्कहरुले घोषणा गरेको लाभांश यसप्रकार छः