सरकार स्वामित्वको कृषि विकास बैङ्कको बेसरेट सबैभन्दा बढी छ । कृषि विकासको आधार ब्याजदर १२.३२ प्रतिशत छ । २८ मध्ये राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.३३ प्रतिशत मात्र छ । यसमा ४ प्रतिशत प्रिमियम जोड्दा १० प्रतिशत ब्याजदर हुन आउँछ । आधार ब्याजदर जति कम भयो कर्जाको ब्याज पनि उति थोरै हुन्छ ।
काठमाडौं : वाणिज्य बैङ्कहरुको आधार ब्याजदर (बेसरेट) आक्रामक रुपले अगाडि बढिरहँदा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको सबैभन्दा कम छ । आधार ब्याजदर कम भएकाले राष्ट्रिय वाणिज्य बैङ्कले ऋणमा लिने ब्याजदर पनि अन्य बैङ्कको तुलनामा सस्तो छ ।
यस्तै सरकार स्वामित्वको कृषि विकास बैङ्कको बेसरेट सबैभन्दा बढी छ । कृषि विकासको आधार ब्याजदर १२.३२ प्रतिशत छ । २८ मध्ये राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.३३ प्रतिशत मात्र छ । यसमा ४ प्रतिशत प्रिमियम जोड्दा १० प्रतिशत ब्याजदर हुन आउँछ । आधार ब्याजदर जति कम भयो कर्जाको ब्याज पनि उति थोरै हुन्छ ।
बैङ्कहरुले प्रत्येक ३ महिनामा आधार ब्याजदर सार्वजनिक गर्ने गर्छन् । अधिकांश बैङ्कको आधार ब्याजदर १० प्रतिशतभन्दा माथि पुगेको छ । ८ बैङ्कको बाहेक अन्य २० बैङ्कको आधार ब्याजदर १० प्रतिशतभन्दा बढी छ ।
सरकारी स्वामित्वको नेपाल बैङ्कको आधार ब्याजदर ७.५२ प्रतिशत छ । निजी क्षेत्रको नबिलको ८.६ प्रतिशत, एभरेष्ट बैङ्कको ८.८ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्डड बैङ्कको ८.१४ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट बैङ्कको आधार ब्याजदर ९.२ प्रतिशत छ । हिमालयन बैङ्कको आधार ब्याजदर ९.२२ प्रतिशत छ ।
यसरी सरसर्ती हेर्दा धेरै नाफा कमाउने तथा ठूला बैङ्कको आधार ब्याजदर सस्तो देखिन्छ भने कम नाफा कमाउने बैङ्कहरुको आधार ब्याजदर बढी देखिन्छ । सेन्चुरी कमर्सियलमा आधार ब्याजदर ११.५१ तथा सिटिजन्स बैङ्कमा ११.४७ प्रतिशत छ । त्यस्तै जनता, कुमारी, लक्ष्मी, एनसीसी तथा माछापुच्छ«े बैङ्कको आधार ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।
त्यसबाहेक सिद्धार्थ, सनराइज, प्राइम कमर्सियल सानिमा, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी बैङ्कको आधार ब्याजदर १० प्रतिशतभन्दा माथि छ । त्यसैगरी नेपाल बङ्गलादेश, मेगा र सिभिल बैङ्कमा पनि १० प्रतिशत आधार ब्याजदर छ । यस्तै बैङ्क अफ काठमाण्डूको आधार ब्याजदर पनि १० प्रतिशत छ ।
बैङ्कहरुले आफूले दिएको ऋणमा आधार दरमा २ देखि ६ प्रतिशतसम्म प्रिमियम मूल्य जोड्ने गर्छन् । यस आधारमा सबैभन्दा बढी आधार ब्याजदर रहेको कृषि विकास बैङ्कले आफ्नो आधार ब्याजदरमा ३ प्रतिशत मात्र प्रिमियम मूल्य जोड्दा ब्याजदर १५ प्रतिशत पुग्छ ।