गण्डकी प्रदेशमा ३ सय होमस्टे बन्दै

पर्यटकीय सम्भावना धेरै रहेको गण्डकी प्रदेशका युवालाई रोजगारीका लागि सकभर विदेशमा जानुपर्ने अवस्था नआओस् भनेर गण्डकी प्रदेशले होमस्टेलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिएको छ । विशेषगरी बाह्य पर्यटक होमस्टेमा धेरै बस्न रुचाउने र पछिल्लो समय नेपाली पनि यसतर्फ आकर्षित छन् ।

काठमाडौं : गण्डकी प्रदेशले होमस्टे निर्माण गर्न ३० करोड रुपैयाँ विनियोजन गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले करिब ३ सय होमस्टे निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ ।

चालू आवभित्र निर्माण सुरु गर्ने उद्देश्यका साथ प्रस्ताव आह्वान गरिएको पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख राजेन्द्र प्याकुरेलले जानकारी दिए । मन्त्रालयले पहिलो चरणमा जारी गरेको सूचनामा १ सय ६२ ओटा मात्र आवेदन परेको र धेरैले आवेदन भर्न ढिला भएको गुनासो आएपछि फेरि १५ दिनको सूचना प्रकाशित गरेको उनले बताए ।

एउटा होमस्टेले पूर्वाधार निर्माणका लागि ५ लाखदेखि १५ लाख रुपैयाँसम्म पाउनेछन् । होम स्टेका लागि अनुदान लिन दर्ता प्रमाणपत्र, स्थानीय तहसँग समन्वय गरेर सर्भे, लागत स्टिमेटमा लागत सहभागितासमेत उल्लेख गरी स्थानीय तहको सिफारिस साथ कार्यविधिको अनुसूची २ मा उल्लेख भएअनुसारको आवश्यक कागजातहरुसहित प्रस्ताव पेस गर्नुपर्नेछ । अनुदान पाउन स्थानीयका तर्फबाट २० प्रतिशत लगानी गर्नुपर्ने प्रमुख प्याकुरेलको भनाइ छ । प्राप्त निवेदनका आधारमा माघभित्रै ४० प्रतिशत रकम सम्बन्धित खातामा जम्मा गरिदिने र प्राविधिक मूल्याङ्कनका आधारमा बाँकी रकम भुक्तानी गर्दै जाने मन्त्रालयको तयारी छ ।

पर्यटकीय सम्भावना धेरै रहेको गण्डकी प्रदेशका युवालाई रोजगारीका लागि सकभर विदेशमा जानुपर्ने अवस्था नआओस् भनेर गण्डकी प्रदेशले होमस्टेलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिएको छ । विशेषगरी बाह्य पर्यटक होमस्टेमा धेरै बस्न रुचाउने र पछिल्लो समय नेपाली पनि यसतर्फ आकर्षित छन् ।

गण्डकी प्रदेशकै कास्की र लमजुङमा धेरै होमस्टे सञ्चालनमा छन् । गाउँ पर्यटनको अवधारणालाई अगाडि बढाउँदै लामो समयदेखि त्यस क्षेत्रमा होमस्टे सञ्चालन भइरहेको छ । होटलभन्दा सस्तो, पारिवारिक वातावरण र सांस्कृतिक झल्को पाइने भएका कारण धेरै पर्यटक होमस्टेमा बस्ने गरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाको भनाइ छ ।