एनआईसी एसिया बैङ्क, सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले प्रतिकित्ता १ हजारमा ६ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेका हुन् । बैङ्कले २०७५ भदौयता मङ्सिरसम्म ऋणपत्र निष्कासन गरेका हुन् ।
काठमाडौं : चालू आर्थिक २०७५/७६ मा तीन वाणिज्य बैङ्कले ७ अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गरेका छन् । एनआईसी एसिया बैङ्क, सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले प्रतिकित्ता १ हजारमा ६ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेका हुन् । कम्पनीहरुले २०७५ भदौयता मङ्सिरसम्म ऋणपत्र निष्कासन गरेका हुन् ।
यस्तै ग्लोबल आईएमई बैङ्कले १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । ग्लोबलले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा ५ वर्षका (२०८० सम्म)का लागि ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो ।
सर्वसाधारका लागि ३ लाख कित्ता तथा निजीक्षेत्रका लागि १२ लाख कित्ता सेयर ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कम्पनीले मङ्सिर १९ गते आवेदन दिएको हो । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । एनआईसी एसियाले १ अर्ब ८३ करोडको, सानिमाले २ अर्ब र सिद्धार्थले २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । सबैभन्दा बढी ऋणपत्र निष्कासन गरेको सिद्धार्थले प्रतिकित्ता १ हजारमा १०.५ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । यस्तै सानिमा बैङ्कले प्रतिकित्ता १ हजारको दरमा १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।
एनआईसी एसिया बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा १ अर्ब ८३ करोड रुपैयाँको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन भएको हो । कम्पनीले गत भदौमा ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्टले गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ३६ करोड ६० लाख रुपैयाँको तथा निजी कम्पनीका लागि १ अर्ब ४६ करोड ४० लाख रुपैयाँको ऋणपत्र छुट्याएको थियो ।
यस्तै सानिमा बैङ्कले १० प्रतिशत ब्याजदरमा १० वर्ष (२०८५ सम्म) का लागि २ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल थियो । सानिमा बैङ्कले कात्तिक ७ गते सेयर निष्कासन गरेको थियो ।
त्यसैगरी, सिद्धार्थ बैङ्कले १०.५ प्रतिशत २२ लाख ५० हजार कित्ता सेयर ७ वर्ष (२०८२ सम्म)का लागि निष्कासन गरेको हो । सिद्धार्थको बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटल रहेको थियो । सिद्धार्थले मङ्सिरमा ऋणपत्र निष्कासन गरेको थियो ।
वाणिज्य बैङ्कसँग लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) को समस्या बढेपछि ऋणपत्र निष्कासन गरेर स्रोत जुटाउन थालेका छन् ।