आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास सकिँदा २८ मध्ये १५ वाणिज्य बैङ्कले मात्र साधारणसभा सम्पन्न गरेका छन् । पुस मसान्तसम्ममा सबै गरी २३ बैङ्कले लाभांश घोषणा गरेका छन्, जसमध्ये ८ बैङ्कको साधारणसभा सम्पन्न हुन बाँकी छ ।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत निजीक्षेत्रका तीन वाणिज्य बैङ्कको लाभांश अहिलेसम्म घोषणा भएको छैन । सेञ्चुरी कमर्सियल बैङ्क, सिभिल बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको लाभांश घोषणा हुन बाँकी छ । त्यसबाहेकका २३ बैङ्कले लाभांश घोषणा तथा १५ बैङ्कले साधारणसभा सम्पन्न गरेका छन् ।
अहिलेसम्म लाभांश घोषणा नगरेका दुई बैङ्कमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणलाई सेयर बिक्री नगरेकाले सेयर लगानीकर्ताको लाभांश घोषणा होस्न/होस्सँग रुचि छैन । यद्यपि उसले हालसम्म लाभांश घोषणा गरेको छैन । अर्को सरकारी स्वामित्व भएको नेपाल बैङ्कले पनि यो वर्ष लाभांश दिने स्थिति छैन । तर, थप प्राथमिक निष्कासन (एफपीओ) बिक्रीका बेला बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्रप्रताप शाहले लगानीकर्तालाई चालू वर्षमा लाभांश दिने दाबी गरेका थिए ।
आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास सकिँदा २८ मध्ये १५ वाणिज्य बैङ्कले मात्र साधारणसभा सम्पन्न गरेका छन् । पुस मसान्तसम्ममा सबै गरी २३ बैङ्कले लाभांश घोषणा गरेका छन्, जसमध्ये ८ बैङ्कको साधारणसभा सम्पन्न हुन बाँकी छ । सूचीकृत कम्पनीहरुले ऐनअनुसार पुस मसान्तसम्ममा साधारणसभा घोषणा गरिसक्नुपर्ने हो । तर, माघ पहिलो साता सुरु हुँदासम्म बाँकी कम्पनीले लाभांश घोषणामा ढिलाइ गरिरहेका छन् ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार साधारणसभाबाट सबैभन्दा बढी लाभांश पारित नेपाल इन्भेस्टमेन्ट बैङ्कले गरेको छ । कम्पनीले १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश पारित गरेको हो । त्यसैगरी सिटिजन्स बैङ्क इन्टरनेसनलले ३.६ प्रतिशत बोनस र त्यसका लागि कर प्रयोजनका लागि १.६ प्रतिशतको नगद लाभांश पारित गरेको छ । यो हालसम्म वाणज्य बैङ्कको साधारणसभाबाट पारित भएको सबैभन्दा कम लाभांश हो ।